कागति मिसन कार्यक्रम अन्तरगत विरुवा रोप्दै पुर्वखोला गाउँपालिका

बन्दना पाेखरेल   ६ असार २०७८, आईतवार १८:५७

बन्दना पोखरेल पाल्पा

लिपपाेत गरे घर राम्राे, खनजाेत गरे बारी राम्राे भने जस्तेै अहिले बनमारा र झाडि रहकाे बिरकाेटकाे अाफरडाँडा हेर्न लाएक बनेकाे छ । शिक्षा स्वास्थ्य कृषी सडक र्पयटन सहितको र्पुवाधार र्पुवखोला विकासको आधार भन्दै कृषीलाई प्राथमिकतमा राखेको पुर्वखोलाले हाल कृषीको क्षेत्रमा विभिन्न काम गर्दै आएको छ । अहिले पुर्वखोलाले सामुहिक कृषी मा ११हजर५०० कागतिको विरुवा रोपेको छ ।

कृषी ज्ञानकेन्द्र पाल्पाको आर्थीक वर्ष २०७७।०७८को स्विकृत कार्यक्रम कागति मिसन कार्यक्रम अन्तरगत पुर्बखोलामा कागति रोप्न रोपीएको हो । पाल्पा कृषी ज्ञानकेन्द्र पाल्पा र कर्मुघा कृषक समुह पुर्वखोला ५ विरकोटको सहकार्यमा कागति रोपीएको पुर्वखोला कृषी शाखाका प्रमुख सन्तोष कंडेलले जानकारि गराउनु भएको हो । कागति रोप्नका लागि ज्ञानकेन्द्रको ९ लाख ९५ हजार र समुहको वराबर ९ लाख ९५ हजारको लगानिमा कागति रोपिएको समुहका अध्यक्ष मनोज जर्गाले बताउनु भएको छ ।

बाझो रहेको जमिनलाई सदुपयोग गर्दै आफरडाडाँमा कागति रोपीएको जर्गाको भनाई रहेको छ । लोकल जातको कागति रोपीएकोले मल पानि उपयुक्त भएमा चार वर्ष नत्र पाचँ वर्षमा कागतिले उत्पादन दिने कृषीशाखा प्रमुख कडेंलले जानकारि दिनु भएको छ । ७७ घर परिवार मिलेर २सय रोपनी बाझो बनमाराको झाडी सफाई गरि कागति रोपीएको हो ।