
पाल्पा स्थानीय सरकारले सबै नागरिक संगको सुझाव लिएर जनमुखी र सेवामुखि काम गरेमात्र जनताले लोकतन्त्रको अनुभती गर्ने प्रदेश सभाका सदस्य बशन्त घर्तीिले बताउनु भएकाे छ।पाल्पाको रैनादेवी छहराले नवौ गाउँसभामा मार्फत निति तथा कार्यक्रमको उद्ध्घाटन गर्न पुग्नु भएका प्रदेश सभा घर्तीले यो कुरा बताएउनु भएकाे छ।उहाँले भन्नु भयाे बितेका ४ वर्ष जनताले जनप्रतिनिधिलाई गर्नै बिश्वास जनप्रतिनिधि बाटै गुमाएको बताउदै फोन सम्म नउठाउने हामी जनप्रतिनिधि अब जनतामा माझ कसरी पुग्ने ? आफैले प्रश्न राख्नु हुदै उहाँले स्थानीय जनप्रतिनिधिहरुले कुरा ठुला काम साना गरेकै कारण जनताले हेर्ने दृष्टिकोण गलत भएको समेत बताउनु भएकाे थियाे ।
उद्ध्घाटन कार्यक्रममा नेपाली काग्रेसका नल बहादुर राना एमालेका प्रेम थामी जनमोर्चाका बिसाल दर्लामी र समाजसेवी देवि प्रसाद पौडेलले गाउँपालिका लाई आबश्यक सुझाव दिदै जनमुखी बजेट आए मात्र जनताका समस्या हल गर्ने सहज हुने बताउदै बिदेशमा रहेका नागरिकको तथ्याक राखेर गाउँमै स्वोरजगारको बातावरण मिलाउन समेत आग्रह गर्नु भएकाे थियाे । रैनादेवी छहरा गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम सोमबार नवौ गाउँसभामा पेश गरेको छ ।
गाउँपालिकाकी उपाध्यक्ष चेतकुमारी थापाले रैनादेवी छहरा गाउँपालिकालाई ‘उज्यालो रैनादेवी, समृद्ध रैनादेवी, खेलकुद तथा धार्मिक पर्यटनको गन्तव्य रैनादेवी’ रुपान्तरण गर्ने कार्यक्रम अघि सारेर नीति तथा कार्यक्रमलाई जोड दिनु भएकाे छ । सभामा गाउँपालिकाका अव्यवस्थित बस्ती, भूमिहिन तथा विस्थापित परिवारलाई व्यवस्थित गरिने योजना अघि सारेका छन् । रैनादेवी छहराले ‘विद्यमान समस्याको निकास, सुशासन सहितको विकास’ भन्ने नारालाई आत्मसात गरेर अघि बढ्ने जनाइएको छ । रैनादेवी छहराले ‘स्वस्थ्व जीवन, स्वच्छ खानेपानी’ नारा सार्थक तुल्याउन ‘एक घर एक धारा’ कार्यक्रमलाई निरन्तरता दिएको छ ।
रैनादेवी छहराले ‘स्वास्थ्य उपचार सहायता कोष’ को स्थापना गरी आर्थिक विपन्न, अनाथ, अशक्त, अःसहाय व्यक्तिको मृगौला, मुटु, क्यान्सर, प्यारालाइसिस लगायतका जटिल रोगको स्वास्थ्य उपचारमा सहयोग गर्ने नीति लिएको छ । कोभिड १९ रोकथाम, उपचार तथा व्यवस्थापनका लागि महत्व दिएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षमा कोभिड १९ र कृषिलाई प्राथमिकता दिएर बजेट ल्याएको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए । कोरोना भाइरसबाट प्रभावित गाउँपालिका बासिन्दालाई सहयोग हुने प्रकृतिका योजना र कृषि क्षेत्रको विकास, प्रोत्साहन र स्वरोजगारका कार्यक्रम ल्याइएको छ । कोभिड संक्रमणको नियन्त्रण गर्न प्रत्येक वडामा स्वयंसेवक परिचालन गर्ने र कोभिड अस्थायी अस्पतालको क्षमता विस्तार गर्ने उहाँले बताउनु भएकाे छ ।
कोभिड १९ का संक्रमित बिरामीलाई लुम्बिनी प्रदेशभित्र उपचारका लागि लैजादा निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाउनुका साथै कोभिड संक्रमित भई ज्यान गुमाउने परिवारको लागि राहतको व्यवस्था गर्ने अध्यक्ष कार्कीले बताउनु भएकाे छ । कोभिड संक्रमित भई ज्यान गुमाएका शवलाई घाटसम्म लैजान निःशुल्क शव वाहन र आवश्यक स्वास्थ्य सामाग्रीको व्यवस्था मिलाइने उहाँले बताउनु भएकाे छ । गाउँपालिकाले स्थानीय संचार माध्यमलाई नियमन, प्रवद्र्धन तथा संरक्षण गर्ने नीति अबलम्बन गर्दै निष्पक्ष र तथ्यपरक रुपमा सूचना पाउने नागरिकको अधिकरालाई सुनिश्चित गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
वन, वातावरण, जलाधार, भुःसंरक्षण तथा जैविक विविधता अन्तर्गत ‘एक गाउ“, एक पोखरी’ कार्यक्रममार्फत् साविकका हरेक वडामा पोखरी निर्माण गर्ने नीति अघि सारेको छ । वडावाट प्राप्त योजनाका आधारमा ठोस योजना तथा कार्यक्रम तय भएको उनले बताए । गाउँपालिकाले चालु आर्थिक वर्षमा संचालन भएका र पूरा नभइसकेका योजनाको निरन्तरता दिएको छ । नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, सडक, पूर्वाधार र सामाजिक विकासका क्षेत्रमा अघिल्ला वर्षकै प्रकृतिका योजना ल्याएको प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर क्षेत्रीले बताउनु भएकाे छ ।
गाउँपालिकाले छहरा स्वास्थ्य चौकीमा जनशक्ति व्यवस्थापन गरी एक्सरे मेशिनका लागि सम्बन्धित निकायमा आवश्यक पहल गर्ने भएको छ । आयुर्वेद नर्सरी स्थापना गर्न उत्प्रेरित गर्नुका साथै महिला स्वास्थ्य स्वयंसेविका निवृत्त हुँदा सम्मानका लागि निवृत्त कोषको स्थापना गरिने भएको छ । शिक्षा अन्तर्गत व्यवसायिक शिक्षालाई जोड दिँदै चालु आर्थिक वर्षदेखि सबै वडाबाट दुई÷दुई जनाका दरले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुका साथै शैक्षिक गुणस्तरलाई वृद्धि गर्न हरेक वर्ष उत्कृष्ट विद्यालय, उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्दै जाने नीतिलाई कायम नै राखेको छ । गाउँपालिकाले पर्यटन गुरुयोजना मार्फत् पर्यटकीय स्थलहरुका ेपहिचान, प्रचारप्रसार सहज पहुँको लागि पूर्वँधार विकास गर्दै जाने नीति लिएको छ । गाउँपालिकाका विभिन्न स्थानमा पाइने लोपोन्मुख ११० सुनाखरीको संरक्षण गर्दै पर्यटकीय पदमार्गको पहिचान गर्ने र तिलकथान पार्क, कटौजेपानी रंगशाला निर्माण कार्यलाई निरन्तरता दिइने छ । उहाँका अनुसार नीति तथा कार्यक्रम पेश भएको र यही बिहिबार बजेट ल्याउने तयारी गरिएको छ । बजेटमा गाउँ सभाका सदस्यहरु सुर्यकार्की, नारायण पोखरले,यम बहादुर राउत र हुम बहादुर पौडेलले गाउँपालिकाले गरेको कतिपय निर्णय वडा तह सम्म नपुग्ेने खरिद प्रकृयालाई वडामै जिम्मा दिनु पर्ने खरिद प्रकृया ढिलाई हुदा वडामा स्वास्थ्य सामर्गी नपुग्नु जस्ता गुनासा राख्नु भएकाे थियाे ।गाउँ पालिकाले आजै ५ वटा कार्यबिधि समेत बनाएको छ ।राजश्व परामर्श कार्यबिधि,बजेट तथा कार्यक्रम तर्जुमा कार्यबिधि,अनुगमन तथा सुपरिवेक्षण कार्यबिधि नगर प्रहरी सन्चालन कार्यबिधि, र सस्था दर्ता सम्बन्धी कार्यबिधि समेत नवौ गाउँ साभामा पेस गरेको छ ।