जुम्लाका दुबै मृगौला पीडित टमटाले उपचारका लागि आर्थिक सहयोग पाए

बाेली खवर   ८ असार २०७८, मंगलवार ०५:१७

सन्जु देवि परियार

जुम्ला ,जुम्ला अदानचुलि ६ लौटीका दुबै मृगौला पीडित चिनारे टमटा ले उपचारका लागि आर्थिक सहयोग पाएका छन| बिदेशी भुमिमा रहेर पनि विभिन्न पीडा , अप्ठ्यारा हरु लाई सहदै घरपरिवारका लागि पठाइने रकमबाट केही कटौती गरि नेपाल दलित मुक्ति अभियान अन्तर्राष्ट्रिय बिभाग तथा सचिवालय सदस्य हरि गोतामे , नेपाल दलित मुक्ति अभियानका कतार अध्यक्ष कमल बि क , नेपाल दलित मुक्ति अभियानका मलेसिया अध्यक्ष यज्ञ बिबस गोतामे , नेपाल दलित मुक्ति अभियान कतार का केन्द्रिय सदस्य अनुप परियार , छत्र टमटा, देउजा टमटा र खाम्पा टमटा को सयुक्त प्रयास मा दुबै मृगौला पीडित चिनारे टमटा लाई आर्थिक सहयोग गरिएको हो |

नेपाल दलित मुक्ति अभियान अन्तर्राष्ट्रिय बिभाग सचिवालय सदस्य तथा सामना खबर का ब्यबस्थापक हरि गोतामेको पहलमा सुरुमा फेस्बुक म्यासेन्जर बाट ग्रुप संचालन गरि सहयोगको लागि अपिल गरिएको थियो | बिपन्न परिवार त्यसमाथि १० जनाको सयुक्त परिवार आर्थिक स्थिती निकै नाजुक दैनिकी छाक टार्न त धौधौ परिरहेको बेला परिवारकै मुलि लाई रोग लाग्दा अवस्था झन दयनीय बनेको छ | उपचार का लागि अलिकती भएको जग्गा पनि एक लाख पचास हजार मा बेचेर काठमाडौ आएका उनी अझै पनि पैसाको अभावमा उपचार नपाएर बसेका छन |

” भएको सबै जग्गा जमिन उपचार गर्दा सकियो केही छैन ,हामि संग पैसा नहुदा खोला किनारमा गएर सिस्नो टिपेर खाएका छौ , उपचार त कुरै नगरौ कहाँबाट गर्ने म?? गाउँमा जाउ त केही छैन उल्टै १० लाख रिन लाग्यो , साहुले बुझ्दैन बरु मलाई मर्ने सुइ लगाइदिए पनि परान जान्थ्यो ठिकै हुन्थियो , मलाई बाच्ने मन छैन ” दुबै मृगौला पीडित चिनारे टमटा भन्छन् ,| म मरे भने १० जनाको यो मेरो परिवार मा कमाएर खान अनि खुवाउन सक्ने कोहि छैनन , के खाएर ? कसरी बाच्ला ?? उनी थप्छन् ,| बाच्ने आशा बोकेर काठमाडौ आएका उनको अब भने ६ हप्ता दुइ महिनामा डाइलोसिस हुने भएको छ | बिदेशको तातो घाम पनि नभनी रातदिन खटिएर पसिना बगाइ काम गरि थोरै भएपनी उहाँको उपचार का लागि होस भन्दै ३३ हजार रुपैयाँ सहयोग रकम जुटाइ उनी बसेकै ठाँउमा गएर नेपाल दलित मुक्ति अभियान केन्द्रिय उपाध्यक्ष , बिदेस बिभाग प्रमुख तथा सामना खबर कि अध्यक्ष कमला परियार प्रेरणाले उक्त रकम दुबै मृगौला पीडित चिनारे टमटा लाई हस्तान्तरण गर्नुभएको हो |