
पाल्पा, रामपुर नगरपालिकाले रजस्वलाका बखत महिला कर्मचारीहरुलाई १ दिन विदा दिने भएको छ ।लैगींक समानता र समावेशीकरण अन्तरगत उपमेयरकाे काेशेलि सिपबाट हुनेछ दिगाे अाम्दानी भन्ने नारालाइ अात्मसाथ गर्दै उपमेयर काेशेली कायक्रम अन्तरगत महिलाका लागी न्युनतम सशक्तिकरणका अायामहरू ( लैगींक समानता, प्रजना स्वास्थ्यता, जीबनोपयोगि शिक्षा , पुगिसरी सम्पन्नता र सस्थागत सहभागिता) जस्ता कार्यक्रम अन्तरगत याे कार्यक्रम लागु गर्न लागीएकाे छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख थापाले भन्नुभयो, ‘मौलिकता जोगाउँदै नेतृत्व हामीमा आधुनिकता महिनावारी अभियान प्राथमिकतामा भन्ने भनाईलाई आत्मसात गर्दै रामपुर नगर भित्रका सबै सरकारी कार्यालय र विद्यालयहरुमा गुणस्तरिय सेनेटरी प्याडको व्यवस्था गरिनेछ । साथै रजस्वलाका बखत महिला कर्मचारीका लागि महिनामा १ दिन र गर्भवती महिला कर्मचारीहरुको लागि गर्भावस्था जाँचको लागि ४ दिन विदा दिने व्यवस्था मिलाईनेछ ।’
रजस्वलाको समयमा महिलाहरुलाई समस्या हुने भन्दै महिनामा १ दिन विदा दिने व्यवस्था गर्न लागेको हो ।नगरपालिकाको नवौं नगर सभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले रजस्वलाका बखत महिला कर्मचारीका लागि महिनामा १ दिन र गर्भवती महिला कर्मचारीहरुको लागि गर्भावस्था जाँचको लागि ४ दिन विदा दिने व्यवस्था मिलाईने बताउनुभयो ।