
रामपुर नगरपालिकामा नगर नवौँ नगर सभा सम्पन्न भएको छ । नगर सभामा रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवि घिमिरे आचार्यले आगामी आर्थिक बर्ष २०७८।०७९ का लागी ७४ करोड ६४ लाख ६१ हजार बराबरको बजेट प्रस्तुत गर्नु भएको थियो । कुल बजेट मध्ये ६४ दशमलव ११ प्रतिशत चालु तर्फ र ३५ दशमलव ८९ प्रतिशत पूँजीगत तर्फको रहेको छ । यस वर्ष नगरपालिकाले आन्तरीक स्रोत पनि वढ्ने अनुमान सहितको बजेट प्रस्तुत गरेको छ । आर्थीक वर्ष २०७८।०७९ मा नगरपालिकाले सम्पत्ति कर, घरबहाल कर, घर जग्गा रजिष्टेसन शुल्क , सवारी साधन कर , सेवा शुल्क कर , पर्यटन शुल्क, विज्ञापन कर, व्यावसाय कर , भुमिकर (मालपोत), दण्डकर मनोरन्जन कर , मालपोत संकलन जस्ता क्षेत्र आन्तरीक राजश्व प्राप्तिका क्षेत्र बनाउने निति तथा कार्यक्रम पास भएको छ ।
गत वर्ष नगरपालिकाले १० करोड ६२ लाख ८२ हजार ३सय ६० बार्षीक अनुमानित आय प्रस्तुत गरेको मा जम्मा १ करोड ८४ लाख ३२ हजार ९ सय ७५ रुपयाँ १५ पैसा संकलन गरेको र ८ करोड ६लाख ९६ हजार ७ सया ४५ रुपयाँ ८५ पैसा उठ्न बाकि भनी राजश्व मौजुदा विवरण पेश गरेको छ । भने आगामी आर्थीक वर्षका लागि १५ करोड आन्तरीक राजश्व उठाउने अनुमान गरेको रावश्व परार्मश समितिको प्रतिवेदन उप प्रमुख विष्णु देवि घिमीरे आर्चायले प्रस्तुत गर्नु भएको छ । याे प्रतिवेदन असार २ गते सम्मकाे रहेकाे जानकारी
नगर सभाले क्षेत्रगत रुपमा बजेट विनियोजन गरेको छ । बजेट प्रस्तुत गर्र्र्दै उपप्रमुख घिमिरे आचार्यले पूर्वाधार विकास अन्तर्गत सडक तर्फ ४ करोड ९ लाख ५५ हजार, , भवन तथा शहरी विकास तर्फ १ करोड ३३ लाख ५५ हजार रुपैयाँ, सिंचाई तर्फ ७३ लाख रुपैयाँ, उर्जा तथा विद्युतिकरण तर्फ ४९ लाख ५० हजार रुपैयाँ, सामाजिक विकास अन्तर्गत शिक्षा तर्फ २५ करोड ४३ लाख ५० हजार रुपैयाँ, स्वास्थ्य तर्फ ५ करोड ७० लाख पाँच हजार रुपैयाँ, खानेपानी तथा सरसफाई तर्फ २ करोड ५ लाख ५७ हजार रुपैयाँ, संस्कृति प्रबद्र्धन तर्फ ६५ लाख ९० हजार रुपैयाँ , खेलकुद तथा मनोरन्जन तर्फ ४० लाख ६० हजार रुपैयाँ, लैंगिक समानता तथा सामाजिक समावेशीकरण तर्फ ५७ लाख ७० हजार रुपैयाँ, अर्थिक विकास अन्तर्गत कृषि तथा पशु तर्फ १ करोड ९ लाख ७० हजार रुपैयाँ , उद्योग तथा बाणिज्य तर्फ ५६ लाख ६० हजार रुपैयाँ , पर्यटन क्षेत्र तर्फ ४८ लाख ८० हजार रुपैयाँ, प्रधानमन्त्रि रोजगार कार्यक्रम र युवा रोजगारी रुपान्तरण प्रयोजन तर्फ ८६ लाख रुपैयाँ र वातावरण तथा विपद् व्यवस्थापन तर्फ १ करोड रुपैयाँ गरी ७४ करोड ६४ लाख ६१ हजार रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो ।आवश्यक खर्च व्यवस्थापनको लागि संघिय सरकार बाछ वित्तिय समानिकरण अनुदान १२ करोड ६० लाख, सशर्त अनुदान ३१ करोड २८ लाख, विषेश अनुदान १ करोड २५ लाख, प्रदेश सरकार बाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान ६० लाख १३ हजार, सशर्त अनुदान १ करोड १५ लाख ४४ हजार, समपुरक अनुदान २ करोड, विशेष अनुदान ७० लाख, राजश्व बाँडफाँड मुअकर ४ करोड ३९ लाख २ हजार, अन्तशुल्क ४ करोड ३९ लाख, आन्तरिक आय १५ करोड मार्फत गर्न लागेको छ ।
होटल न्यू श्रीनगरको सभाहलमा भएको नगर सभा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाको स्वागत र रामपुर नगरपालिकाका सूचना अधिकारी रामहरि पाण्डेको संचालनमा सम्पन्न भएको हो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले नगरको आवधिक योजना निर्माण संगै जनप्रतिनिधी र कर्मचारीहरुको लागि क्षमता विकासको कार्यक्रममा पनि ध्यान दिनु आवश्यक रहेको बताउनुभयो । होटल न्यू श्रीनगरको सभाहलमा भएको नगर सभा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाको स्वागत र रामपुर नगरपालिकाका सूचना अधिकारी रामहरि पाण्डेको संचालनमा सम्पन्न भएको हो ।