पुर्वखोलामा २सय थान पलाष्टिक घर वितरण

बन्दना पाेखरेल   ८ असार २०७८, मंगलवार ०६:५२

पुर्वखोलामा २सय थान पलाष्टिक घर वितरण गरिएको छ । आफ्नो कार्यक्रममा कृषीलाई प्राथमीकतामा राख्दै आएको पुर्वखोलाले हाल पलाष्टिक टनेल वितरण गरेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ,परियोजना कार्यान्वयन इकाइ तानसेन,पाल्पाको आ.व.२०७७÷०७८ को कार्यक्रम अन्तरगत यो वितरण गरीएको हो । पूर्वखोला गा.पा.पाल्पा –२,जल्पामा अबस्थित सुभसन्देश महिला कृषि सहकारीको लागि स्वीकृत चक्लाबन्धि कार्यक्रम अन्तर्गत प्लाष्टिक घरमा तरकारी खेती गर्न कार्यक्रम लागु गरिएको पुर्वखोला गाउँपालिकाका कृषीशाखा प्रमुख सन्तोष कडेंलले जानकारि दिनु भएको छ ।

सहकारिका अध्यक्ष चन्द्रि सरा सखालका अनुसार महिलालाई आत्म निर्भर बनाउदै लगीने र महिलाले परिवारमा आर्थीक पनि सहयोग गर्न सक्छिन भन्ने उदाहरण बनाउन यस्ता आफुले जानेका कामहरु मार्फत आर्थीक सामाजिक रुपान्तरण गर्न चाहेको बताउनु भएको छ । सहकारिका महिलाहरुलाई २०० थान प्लाष्टिक सिट वितरण कार्यक्रमा वार्ड अध्यक्ष नीर वहादुर सारु उपस्थीत रहनु भएको थियो । कृषि शाखाको समन्वय तथा सहकारीको सक्रियतामा संचालन कार्यक्रम प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ,परियोजना कार्यान्वयन इकाइ तानसेन,पाल्पाको १० लाख सहयोगमा भएको हो ।