
पाल्पा, रम्भा गाउँपालिकामा रहेको पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण स्थल रिमिघा लेक जाने ट्रयाकिङ बाटो निर्माण गरिएको छ । रम्भा गाउँपालिकाको २५ लाख र प्रदेश सरकारको २५ लाख गरी ५० लाखको समपुरक वजेटबाट बाटो निमार्ण गरिएको हो ।
यस आर्थिक वर्षमा गरुङ्गादेखि रिमिघासम्म अर्कोतर्फ झोकेदीदेखि रिमिघासम्म ट्रयाक निर्माण गरिएको छ । झोकेदीमा गेटसमेत तयार भइसकेको छ । आगामी आर्थिक वर्षमा समेत ५० लाखको लागतमा गरुङ्गामा गेट निर्माण र कुँवादी हुँदै रिमिघाको फेदको सम्मोभूभागसम्म मोटर बाटो निर्माण गरी पार्किङ स्थल समेत व्यवस्थित गरिने गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनु भयो । रिमिघा लेक जाने ट्रयाकिङ बाटो निर्माण भएपछि पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण रहेकाे रिमिघा लेक जान त्यहाँका स्थानीय तथा पर्यटकलाई सजिलाे हुने बताएकाे छ ।
फाेटाे साैजन्यः बिष्णु भण्डारी