
कोभीड १९को महामारीमा हाम्रो सानो प्रयास भन्ने नारा सहित आज नेपाल भारत मैत्री संघ जिल्ला कार्य समिती पाल्पाले राहत सामाग्री वितरण गरेको छ ।पाल्पाको र्पुवमा रहेको निस्दी गाउँपालिकामा कोभिड–१९ महामारी बाट प्रभावित स्थानियलाई खाद्यान्न वितरण गरिएको हो । निस्दीको वडान ४ का ३० घरधुरि लाई नुन, तेल, चना,साबुन,माक्स र चामल बितरण गरिएको छ ।
नेपाल भारत मैत्री सम्बन्ध अमर रहोस् भन्ने मुल नाराका साथ भएको कार्यक्रममा प्रमुख अतिथि निस्दी गाउँ पालीकाका अध्यक्ष मुक्त बहादुर सारु रहनु भएको थियो । प्रमुख अतिथि प्रमुख सारुले वोल्दै स्वस्थ मन र खुशि भावले दिईएको हरेक कुरा राम्रो हुने र यस्तो महामारीमा गाउँपालिकाले यस्ता कार्यक्रम नल्याएको वेला सस्थांले निस्दीलाई सम्झेकोमा खुशि व्यक्त गर्नु भएको छ । कार्यक्रमा नेपाल भारत मैत्री संघका जिल्ला अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले सस्थाले चाहे पनि ठूलो गर्न नसकेको तर सानो प्रयास हो भन्दै नेपाल भारत मैत्री संघका बारेमा जानकारी गराउनु भएको थियो ।
वडा कार्यालय संग समन्वय गरी संघले प्रति परिवार १५ केजी चामल, १ केजी चना, १ केजी नुन, १ लिटर तेल, २ वटा साबुन र मास्क दिएको थियो । नेपाल भारत मैत्री संघ जिल्ला कार्यसमिति पाल्पाका अध्यक्षा श्रेष्ठले गत वर्ष सरकार संगै विभिन्न संघ संस्थाले राहतका कार्यक्रम सञ्चालन गरे पनि यस वर्ष राहतका प्याकेज नआउँदा समस्या भएकाले अन्य संघ संस्थाहरुले पनि राहत वितरणलाई निरन्तरता दिउन् भन्ने ध्येयले राहत वितरण गरिएको जानकारी दिनुभयो ।
राहत वितरण कार्यमा नेपाल भारत मैत्री संघ जिल्ला कार्यसमिति पाल्पाका सदस्यहरु मधुसुदन भट्टराई, विनोद कुमार श्रेष्ठ, ताजिम शेख र साधारण सदस्य बुद्धि बहादुर नेपाली, निस्दी ४ का वडा सदस्य मान बहादुर सोती र समाजसेवी हेम बहादुर खाम्चा लगाएतले सहजिकरण गर्नु भएको थियो ।संघले जिल्लाका अन्य पालिकाहरुमा पनि राहतका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । त्यसै अवसरमा संघले प्रहरीको लागि रुक्सेभञ्ज्याङ्ग प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक डेढ बहादुर थापालाई मास्क प्रदान गरेको थियो ।राहत सामाग्री लिन आउने कतिपय बृद्धहरुले खुशि व्यक्त गर्दै अहिले पहिले जस्तो काम गर्न नपाएकाले समस्या थपीएकाले राहत उपलव्ध गराउने प्रति धन्यबाद दिनु भएको थियो ।







