
निस्दी गाउँपालिकाले आज कृषी ज्ञान केन्द्र पाल्पाको २०७७।०७८को आलु मिसन कार्यक्रम अन्तरगत मित्याल बहुउद्देश्यीय सहकारी सस्थां लिमिटेडको स्बीकृत कार्यक्रम अन्तरगत आलु विउ बितरण गरीएको हो । कृषी ज्ञानकेन्द्र पाल्पाको १ लाख र कृषकको एक लाख गरि २ लाखको कार्यक्रम रहेको निस्दी कृषी शाखाको प्रमुख खेमराज कोईरालाले जानकारि दिनु भएको छ । काडिनल रातो बर्षे आलु विउ यस वर्ष परिक्षणको रुपमा रोप्न लागिएको प्रमुख कोईरालाले जानकारी दिनु भएको छ ।
सहकारिका ३२ जना सेयर सदस्य रहेका कृषकहरुलाई १६सय केजि कालु विउ वितरण गरिएको हो । असोजमा उत्पादन दिने गरिे पानि नजम्ने भिरालो जमीनमा लगाउन थालिएको सहकारीका अध्यक्ष हेमबहादुर खाम्चाले जानकारि दिनुभएको छ ।
आलु विउ सह श्रमीक तरकारी तथा फलफूल प्रशोधन केन्द्र डढेलधुराबाट ल्याईएको शाखा प्रमुखले जानकारि दिनु भएको छ । यस वर्ष पहिलो पटक लगाउन खोजिएकोले बर्षे आलु २५ रोपनि क्षेत्रफलमा लगाईने छ ।