
पाल्पा – जिल्लाको निस्दीमा रहेको खाली जंगल क्षेत्रमा विभिन्न प्रजातिका विरुवाहरु रोपण गरिएको छ । डिभिजन वन कार्यालयको विरुवा सहयोगमा निस्दी नांगा डाँडाहरुमा विरुवा लगाइएको हो ।वडाका टोल विकास संस्था तथा स्थानीयहरुको समन्वयमा विरुवा रोपण गरिएको हो । निस्दीको मित्याल, अर्चले, ज्यामिरे, गल्धा लगायतका क्षेत्रमा विरुवा रोप्ने कार्यक्रम अनुसार विरुवा रोपण गरिएको निस्दी सव डिभिजन वन कार्यालयका प्रमुख नन्द अधिकारीले बताउनुभयो ।उहाँले वृक्षारोपणमा सहयोग गर्ने सबै स्थानीय, उपभोक्ता समिति लगायतलाई धन्यवाद समेत दिनुभयो ।
निस्दि सव डिभिजन वन कार्यालयले ४ ओटा सामुदायिक वनको १२ हेक्टर खालि जग्गा तथा,खोरिया, फडानि गरि बनाएको अतिक्रमण भागमा दालचीनी ,चिउरि डालेघास वर पिपल गरि जम्मा करिब २०हजार बिरुवा बृक्षारोपण गरिएको छ । भने अझै केही सामुदायीक बन उपभाक्ता समभितिले बृक्षारोपण गर्ने तयारि गरेका छन बृक्षारोपणको लागि निजि जग्गा धनी हरु बाट समेत अत्याधिक बिरुवा माग आएपछि बिरुवा नर्सरिमा अपुग हुने देखिन्छ यस बर्ष निस्दि नर्सरिमा करिब २१५००। जति मात्र विभिन्न प्रजातिका बिरुवा हरु उमारिएका । निजि कृषक हरुबाट समेत बिरुवा खरिद गरि बृक्षारोपणा गरिएको छ। बिरुवा तथा बृक्षारोपणाको लागि निस्दि सव डिभिजन वन कार्यालयको सहयोग र समुहको श्रमदानबाट काम गरिएको कार्यालय प्रमुख अधिकारी बताउनु हुन्छ ।

