रम्भा गाउँपालिकाले ४६ करोड ८७ लाख बराबरको बजेट प्रस्तुत

बन्दना पाेखरेल   १० असार २०७८, बिहीबार २२:१७

रम्भा गाउँपालिकाले आज आफ्नो निति कार्यक्रम र्सावजनिक गरेको छ । रम्भा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८।०७९ को बजेट नीति तथा कार्यक्रम मार्फत् ४६ करोड ८७ लाख बराबरको बजेट प्रस्तुत गरेको छ । नवौं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष राधा कुमारी श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्ताव प्रस्तुत गर्नु भएको हो ।

गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भण्डारिले कोरोना महामारीको बिचमा पनि गाउँपालिकाले योजनाहरू सञ्चालन गर्न गाउँपालिकाका कर्मचारीले अहोरात्र मेहनत गरेको बताउदैे आगामी आर्थिक वर्षको बजेटमा बेरोजगारी अवस्थामा रहेका युवालाई कृषि र पशुपालनमा आर्कषित गराउने, आत्मनिर्भर र स्वावलम्बि बनाउने योजना रहेको बताउनु भएको छ । व्यवसायिक किसानलाई ऋण तथा अनुदानको व्यवस्था, संस्थागत सुत्केरीलाई प्रोत्साहन, कोभिड नियन्त्रणलाई प्रभावकारी व्यवस्थापन तथा तयारी, प्राविधिक शिक्षाको विस्तार, सूचना प्रविधि र इन्टरनेटको पहुँच विस्तार, कम्प्यूटर शिक्षा, अंग्रेजी शिक्षालाई संचालन गर्ने नीति लिइएको छ ।

सडक संजाल बाँकी रहेको स्थानमा सडकको पहुँच वृद्धि भएका सडकको स्तरउन्नती गर्ने, सहकारीको माध्यमबाट रोजगारी र कृषि विकास, पर्यटन प्रर्वद्धनको लागि गुरुयोजना निर्माण पर्यटकीय क्षेत्रको पहिचान गर्ने नीति रहेको छ । खानेपानी तथा सरसफाईको क्षेत्रमा एक घर एक धाराको नीतिलाई अवलम्बन गर्दै स्वच्छता खानेपानी व्यवस्थापन, सरसफाईको क्षेत्रमा काम गर्ने, उत्पादकत्व बढाउँन सिंचाईको व्यवस्था, काठका पोलहरुको विस्थापन गरी फालमको पोल राख्ने, पूर्वाधार विकासमा भवन निर्माणहरु लगायतको कामरु गर्ने योजना रहेको छ ।

लक्षित वर्गको विकासमा विशेष कार्यक्रम, जेष्ठ नागरिकहरुलाई सम्मान, उद्योग तथा व्यवसायको विकास र विस्तार लगायतका नीति अनुसारको कार्यक्रम गर्नको लागि बजेट समेत गाउँ सभामा प्रस्तुत गरिएको छ ।
अहिलेको परिस्थितिले रोजगार गुमाएर कृषी रोजगारी गुमाएरका लाई विषेश रोजगारि श्रीजना गर्ने,भन्दै रम्भाले आफ्नो नारा तय गरेको छ रम्भा गाउँपालिकाको शान सुखि रम्भाबासि समृद्ध रम्भा हाम्रो अभियान भन्ने नारालाई अघि सार्दै २०७८।०७९ को निति तथा कार्यक्रम ल्याएको छ ।
रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारिले कृषी तथा पशुपन्छी का लागि बेरोजगारि युवाहरुलाइ कृषीमा आकर्षण गराउन विभिन्न योजना ल्याएको छ । फलफूलमा युवा भन्ने नाराका साथ उत्पादन मुखि काम गर्न प्रेरित गर्ने योजना सगँै प्रारंगीक मल उत्पादनलाई जोड दिने भएको छ । रम्भालाई आलुमा आत्म निर्भर बनाउदै कृषीकलाइ पुरस्कृत गर्ने योजना समेटेको छ ।


निति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष भण्डारिले पूण सस्थागत सुत्केरि दिगोपन एव पूणखोप सुनिश्चितता गरिदै कोभिडका बिरुद्धमा खोप ल्याउन र लगाउन प्रथमिता राखेको छ , महिला बालबालिका गर्भवति असक्त अपाङ्गता भएकाहरुका लागि विषेश ध्यान राखि निति तथा कार्यक्रम ल्याईएको छ परीवार नियोजन तर्फ दुर्ई सन्तान जन्माएर बन्ध्याकरण गर्ने स्माट दम्पती, सामाजिक सुरक्षाका लागि असल छोरा बुहारि, आर्युवेदिक अस्पताल व्यवस्थीत गर्ने, विद्यार्थीको नियमित स्वास्थ्य परिक्षणका लागि विद्यालयमा स्वास्थ्य कर्मी राख्ने जस्ता निति लिएको छ ।
करिव २६ पेज लामो निति तथा कार्यक्रममा प्राविधिक शिक्षा आजको आवश्यकता भन्दै प्राविधिक शिक्षामा जोड दिएको छ । सामुदायीक विद्यालयमा विद्यार्थी भित्राउन टिकाउन सिकाउन र विकाउने निति लिईएको छ । विद्यार्थिका लागिल सामुहिक दुघटना विमा गर्ने निति लाई निरन्तरता दिईएको छ ।


आफ्नो वालबालिका आफै बनाउ, बालबालिका सगँ हामि रमाउ भन्दै विद्यालय शिक्षा प्रभाबकारि वनाउने भन्दै बालमैत्री विद्यालयका निर्माण गर्न विभिन्न योजना ल्याएको छ । स्थानिय पाठ्यक्रम“हामो रम्भा” पाठ्यपुस्तक तयार भैसकेको हुदाँ कक्षा १ बाट अगाडि बढाईने छ ।
स्वस्थ्य खानेपानि तथा सरसफाईमा रम्भाले एक घर एक धारालाई निरन्तरता दिदै वाकिँ रहेका ठाउँमा पानि खुवाउने निति ल्याएको अध्यक्षले जानकारि दिनु भएको छ । विद्युत तर्फ वाकिँ रहेका काठका पोलहरु विस्तापित गर्ने सिचाई भवन जस्ता विशेष आवश्यक जनजिबनका कार्यक्रम ल्याएको रम्भाले दावि गरेको छ । सडक र्पुवाधारका सवै खाले काम गर्ने योजना रहेको छ । गाउँगाउँमा सहकारि घरघरमा रोजगारि भन्ने नारालाई सार्धक तुल्याउन पालिका भित्रका सवै सहकारिलाई सकृय र व्यवस्थीत वनाउने योजना सार्वजनिक गरेको छ ।
त्यस्तै गरि पर्यटन, लक्षित समुदाय र विविध विषयमा निति ल्याएको छ ।
आर्थिक वर्ष २०७८।०७९ का लागि गाउँपालिकाका उपप्रमुख राधा श्रेष्ठले ४६ करोड ८७ लाख बरावरको अनुमानित बजेट पेश गर्नु भएको छ।