तानसेन नगर पालिकाले १ अरब २८ करोड,७० लाख काे बजेट प्रस्तुत

बाेली खवर   १० असार २०७८, बिहीबार २२:४२

पुरानाे नगरपालिका तानसेन नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८\७९ को बार्षिक नीति,बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । तानसेन नगरपालिकाले नवौं नगर सभाबाट स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमितामा राखेर बजेट ल्याएको हो । नगर सभाका सभा अध्यक्ष नगर प्रमुख अशोक कुमार शाहीले आगामी वर्षको बार्षिक नीति,बजेट तथा कार्यक्रम तर्जुमा गर्दा ठुला सपना,लामो कल्पना गर्नुभन्दा तत्काल कार्यान्वयन हुने गरि निति तथा कार्यक्रम तर्जुमा गरिएको बताउनुभयो ।

कोरोनाको तेस्रो लहरलाई मध्यनजर गरेर तानसेनले स्थायी आइशोलेशन निर्माण,अक्सिजन ब्यवस्थापन,जनशक्ति ब्यवस्थापन र सम्पुर्ण नगरबासीलाई कोरोना खोपको प्रबन्ध मिलाउने भएको छ । कोभिड संक्रमित लगायत स्वास्थ्य महामारमा नागरिकको स्वास्थ्य उपचारलाई प्रभावकारी बनाउन सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन समेत गर्ने भएको छ । ग्रामिण वडाका स्वास्थ्य चौकिमा प्रयोगशाला सञ्चालन तथा तानसेनमा अक्सिजन प्लान्ट निर्माणलाई समेत प्राथमिकताको साथ अघि बढाउने भएको छ । कोरोना संक्रमण जोखिम कायम रहदा सम्म श्रमिक,अशक्त,अशाहय,आर्थिक रुपले विपन्न,गर्भवति महिला,जेष्ठ नागरिक र अपाङ्गता भएकालाई राहातको कार्यक्रम प्रभावकारी बनाइने भएको छ । तानसेन नगरपालिकाले सञ्चालन गरेको निशुल्क स्वास्थ्य विमा कार्यक्रम नेपाल सरकारबाट अति गरिब परिचय प्राप्त प्राप्त गर्ने वर्गलाई निशुल्क स्वास्थ्य विमालाई निरन्तरता दिएको छ ।

यस्तै नगर सरकारले शिक्षामा कार्य सम्पादनको आधारमा प्रोत्साहान नीति कार्यन्वयन गरि शैक्षिक गुणस्तर वृद्धिलाई टेवा पुग्ने कार्यक्रम सञ्चालन गर्ने,नतिजामुलक शैक्षिक मुल्याङ्गकन प्राणली अबलम्बन गर्ने,प्राविधिमैत्रि,विद्यालय तथा वैकल्पिक शिक्षण सिकाईलाई प्रोत्साहान र स्थापित गरि स्थानिय पाठ्यक्रम निर्माण गरि कार्यन्वयन गरिने,नगर सरकारले छोरी शिक्षा कार्यक्रमलाई कार्यन्वयन गर्ने भएको छ । यस्तै नगर सरकारले रोजगारि गुमाई विदेशबाट फर्केकीएका र उद्यमशिल युवालाई युवास्वरोजगार कार्यक्रममा समावेश गरि रोजागरि प्रदान गर्ने,नगरपालिका जमानि बसेर अधिकतम ५० लाख सम्मको कर्जा प्रवाहा गर्नेभएको छ । यस्तै कृषि तथा पशुजन्य उत्पादनको बजारीकरणको लागि कृषि उपज संकल केन्द्र वडा वडामा विस्तार गर्ने,नगरलाई दुध,अण्डा,मासु र तरकारीमा आत्मनिर्भर बनाई यसको बजार ब्यवस्थापन र प्रशोधनमा कृषलाई सहयोग गर्ने,कृषि पेशालाई व्यवसायिक बनाउन शत प्रतिशत अनुदानमा मेसिनरी उपकरण सहयोग गर्ने,तानसेन नगरपालिकाले आफनै हाटबजार संञ्चालन समेत गर्ने भएको छ । एक वडा एक कृषि प्राविधि कार्यक्रमलाई प्रभावकारी कार्यन्वयन गरि कृषको गुनासो सम्बोधन गरिने भएको छ । तानसेन नगर सरकारले पुर्वाधार विकास तर्फ एक वडा एक किलोमिटर सडक निर्माणलाई यस वर्ष समेत निरन्तरता दिने भएको छ । तानसेन बजारको पर्यटन प्रर्वद्धन गरि श्रीनगर, रानिमहल लगायतमा पर्यटन उत्सब कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

नगर सरकारले पर्यटनलाई समेत उच्च प्राथमिकता दिई पुरानो अपुरा योजनालाई पुरा गदै नगरबासीको समस्या प्रति संवेदनशील हुने भएको छ । नगर सरकारले अनुमानित १ अरब २८ करोड,७० लाख२३ हजार ९७४ रुपौया बराबरको बजेट ल्याएको छ । यसमा चालुतर्फ रु ७४ करोड ६४ लाख७३ हजार९०५ ५८ प्रतिशत र पुँजीगत तर्फ ५४ करोड ५ लाख ५० हजार ६९ रुपौया २४ प्रतिशत रहेको छ । आयतर्फ नगरपालिकाले आन्तरिक राजस्व रु ६ करोड,संघ प्रदेशबाट प्राप्त हुने राजश्व ३२ करोड ११ लाख ५१ ह्जार ७७०,अन्तर वित्तिय हस्तान्त्रण तर्फ संघ प्रदेश सरकारबाट सर्शत र निर्शत गरि ८६ करोड ६३ लाख ८६ हजार ९७४ ,जनसहभागितामा १ करोड ६७ लाख रहेको छ । व्यय भार मिलानको लागि रु ८ करोड २७ लाख ८५ हजार २३० प्रस्ताव गरिएको छ । व्याय तर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च रु १२ करोड ५० लाख,वित्तय व्यवस्थाको लागि रु ५५ लाख,नगर गौरबको योजनाको लागि ४ करोड,समपुरक कोष मार्फत कार्यक्रम सञ्चालनको लागि रु २० करोड १५ लाख ७९ हजार ९७४,नगरस्तरिय कार्यक्रम,प्रर्वद्धनात्मक र पुँजीगत तर्फ १९ करोड,विशेष मार्फत हुने कार्यक्रमहरु ३ करोड १५ लाख,वडा स्तरिय कार्यक्रम ६ करोड,सर्शत कार्यक्रम रु ५९ करोड ३४ लाख ४४ हजार र अन्य कार्यक्रमगत खर्च रु ४ करोड रहेको छ । तानसेन नगरपालिकाको नवौं नगर सभा नगर प्रमुख अशोक कुमार शाहीको अध्यक्षतामा भएको थियो भने स्वागत तानसेन नगरपालिका वडा नं १३ की वडा सदस्य गिता भट्टराईको स्वागतबाट भएको थियो ।