पाल्पामा सवारी दुर्घटना एककाे ज्यान गयाे

बाेलिखवर   १० असार २०७८, बिहीबार २२:५१

तिनाउ गाउँपालिका वडा नं. ३ झुम्सामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । पाल्पाबाट बुटवल तर्फ जादै गरेको लु ६७ प ५९११ नम्बरको मोटरसाइकल सिद्दार्थ राजमार्ग अन्तर्गत झुम्सामा अनियन्त्रित भई सडकमा पल्टिदा चालक बर्दिया बासगढी नगरपालिका वडा नं. ६ का जग्गु डाँगीको ज्यान गएको हो ।

चालक चौधरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडी सवार बर्दिया बासगढी नगरपालिका वडा नं. ६ कै दीपेन्द्र चौधरी घाईते भएको जिल्ला प्रहरीले जनाएको छ । घाइते चौधरीको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पाल्पा सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभयो । मोटरसाइकलमा सवार दुवै जना झुम्सा चौकीभञ्ज्याङ् भित्री सडक मर्मतको काम गर्ने मजदुर रहेको प्रहरीले जनाएको छ ।