
पुर्वखोला गाउँपालिकाले नबौ गाउँ सभा सम्पन्न गरेको । पुर्वखोला गाउँ पालिकाले आगामि २०७८।०७९ को बजेट निति तथा कार्यक्रम मार्फत ४५ करोड १४ लाख बरावरको अनुमनित वजेट प्रस्तुत गरेको छ , नबाै गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष भागरथि भट्टराईले प्रस्तुत गर्नू भएको हो ।
शिक्षा, स्वाथ्य, कृषी, सडक, पर्यटन सहितको पुर्वाधार, र्पुवखोला विकासको आधार भन्ने नारा सहित आज पूर्वखोला गाउँपालिकाको नबौ सम्पन्न भएको छ । निति तथा कार्यक्रममा गाउँपालिकाले सुखी गाउँबासी, समृद्ध पूर्वखोला लक्ष्यका साथ अघि बढेको छ । पालिका भित्रका एक वडा एक उत्पादन , घर एक फलफुलका बोट अनेक , कृषि तथा पशु जन्य वस्तुहरु प्रवर्द्धन गर्दै सो को बजारिकरणको लागि पहल गर्ने, गाउँपालिका स्तरीय , विसादि रहित कृषि उपज उत्पादनमा प्रोत्सान गरिने , बांझो जमिन तथा सामुदायिक बन हरुमा पोषिलो घाँस उत्पादन गर्न प्रोत्साहित गरिने , साना सिपहरुको खोजि गरी संरक्षण तथा प्रवर्द्धनको लागि सिप विकासका तालिमहरुमा पहल गरिने छ ।
जमले क्षेत्रमा ढुंगा कटिङ उद्योग संचालानको लागि सम्भाव्यता अध्यन गर्ने , आन्तरिक पर्यटनको लागि क्षेत्रगत आधारमा क्रमश प्रवर्द्धन गरिने तथा धार्मीक , एतिहासिक गुफा हरुको प्रर्वद्धन गरे निति राखेको छ । विद्यालय गुणस्तर सुधार र ठूला स्कुल अवधारणा अनुसार थालनि गरिएको विद्यालय समायोजनको कार्यलाई दिगो र भरपर्दो वनाउन विभिन्न योजना तथा कार्यक्रम संचालन गरिने छ । आधारभुत विद्यालय सम्म इन्टनेट सेवा सुविधा , वडा मा १ वटा नमुना विद्यालय वनाउन आवश्यक निति अव्लम्बन गरिने , सबै वडामा जनस्वास्थ्य प्रयोगशाला स्थापनाका लागि पहल गर्ने जस्ता योजना ल्याईएको छ ।

गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले घर घरमा जनप्रतिनिधि र कर्मचारी सेवा , जेष्ठ नागरीक पूर्वखोलाको पेवा लाई ध्यान दिदै जेष्ठ नागरीक चौमासिक रुपमा घर घरमै स्वास्थ्य सेवालाई निरन्तरता दिइने बताउनु भएको छ ।
गाउँपालिकाको केन्द्र देखी वार्ड केन्द्रहरुलाई जोड्ने मोटर बाटोनाई सडक वर्गिकरणको आधारमा बाह्रै महिना सवारी संचालनको लागि सडकहरुको स्तरोन्नति गरिनेछ ।
पूर्वखोला गाउँपालिकाले कोविड १९ व्यवस्थापनको तथा कोविड १९ बाट प्रभावित व्यत्तिहरुलाई विशेष अनुदादन सहित विभिन्न कामहरु गर्दै आई रहेको छ । पूर्वखोला गाउँपालिकाले कृषि विकास , पशु सेवा , सहकारी , जलस्रोत तथा सिचाई , पर्यटन विकास उद्योग , भुमि व्यवस्थापन , आपुर्ति ३ करोड ४३ लाख ६५ हजार २ सय ६ रुपैया बराबरको प्रस्तावित व्याय विवरण प्रस्तुत गरेको छ । पूर्वाधार विकास ७ करोड ५० लाख सामाजिक विकासमा ४ करोड ९० लाख ५० हजार , शुसासन तथा अन्तरसम्बन्धित ५ करोड ९० लाख विविधमा न्यिक समिति , वन अथा बातावरण , लगाएतमा प्रस्तावित बजेट प्रस्तुत गरेको छ ।
स्वास्थ्य शिक्षा कृषी र्पयटन पूर्वाधार जस्ता विषयलाई प्राथमितामा राखेर अगाडि वढेको र्पुवखोला गाउँपालिका आत्मनिर्भर पुर्वखोला अभियानका लागि जुट्ने गाउँपालिकाको निति तथा कार्यक्रमा समाबेस गरिएको छ । निति तथा कार्यक्रममा र्लागींकता र समाबेशिकरण जस्ता क्षेत्रलाई समेटीएको छ
नबौ गाउँ सभाको अध्यक्षता गाउँपाकिाका अध्यक्ष नुन बहादुर थापाले गर्नु भएको थियो भने गाउँपालीकालाइ सम्वोधन लुम्बिनि प्रदेशका प्रदेश सभा सदस्य नारायण आचार्यले गर्नु भएको हो ।

