
बौदिकालि गाउँपालिकाको छैठाैँ गाउँ सभा सम्पन्न भएको छ । आर्थिक २०७८।०७९ को लागि अनुमानित बजेट ३७ करोड २३ लाख २४ पेश गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष मायाँ देवि श्रेष्ठले प्रस्तुत गर्नू भएको अनुमानित बजेटमा स्वास्थ्य, शिक्षा, कृषी, सडक, खानेपानि जस्ता क्षेत्रलाई प्रथमिता दिईएको छ ।

कोर्भड १९ को संक्रमि व्यवस्थापन तथा रोकथाम गर्ने तथा प्राकृतिक प्रकोप पछी पुनस्थापनाका गरि जिबन सामान्यीकरण गर्ने , सार्वजनिक सेवालाई गुणस्तरीय र मर्यदित छिटो छरितो तथा मितव्यायि वनाउने सवै वडा कार्यलयहरुको निर्माण सम्पन्न गर्ने गाउँपालिका चक्रपथको स्तरोन्नति गर्ने , उत्पादन मुलक क्षेत्रमा व्यावसायकता र उद्यमशिलताको विकास एव साम्मान जनक परिचालन मार्फत कृषी क्षेत्रलाई गतिशीत बनाई गरिवी न्युनिकरणमा टेवा पुर्याउने कृषी तथा पशु क्षेत्रको व्यावसायिक वैज्ञानीक र यन्त्रीकरण गर्ने जस्ता योजना ल्याएको छ । त्यस्तै गरि शिक्षा, शुद्ध खानेपानि सरसफाई र स्वास्थ्य सम्वन्धि चेतनाको स्तर उन्नती गर्ने, कोभिड १९ बाढि पहिरो भुक्षय जस्ता प्रकृतिक प्रकोप महामारिको कुशल व्यवस्थापन गरिने राहत पुन स्थापनाले तिव्रता पाउने , गाउँपालिकाको प्रशासनिक भवन निर्माण सुरु हुने, गाउँपाकिला भित्र १५ सैयाको आधारभुत अस्पताल निर्माण सम्पन्न गरि सेवा प्रवाह सुदृढिकरण गर्ने जस्ता योजना निर्माण गरेको छ । पालिकाको निति तथा कार्यक्रममा गाउँपालिका चक्रपथको माईतिघर डाँडा चारघरे हुदै चापा सम्मको खण्ड कालो पत्रगर्ने जस्ता कार्यक्रम निति तथा कार्यक्रममा प्रस्तुत भएको छ ।

“स्वास्थ्य म स्वस्थ्य गाउँपालिका”, “विपतमा सगँ सगै”, “ मेरो गाउँपालिका म बनाउछु” जस्ता कार्यक्रमको आधारपत्र तयार गरी अगाडि बढ्ने गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर रानाले बताउनु भएको छ । फलफूल तथा तरकारि बाली विकास कार्यक्रम, पकेट क्षेत्र बनाउने जस्ता कार्यक्रम रहेका छन् । गाउँपालिकाले कृषी तथा पशु पर्यटन सडक शिक्षा खानेपानि जस्ता क्षेत्रलाई प्राथमीकतामा राखेको छ । लक्षित समुदायको विकासका लागि लक्षित कार्यक्रमहरु लैगींक उत्तरदायित्वलाई महत्व दिएको छ । बौदिकालि गाउँपालिका बहुभाषा कला सस्कृतिको खानि हो यसको संरक्षणका लागि निति तथा कार्यक्रम तय गरिएको छ । ७८ पेजमा समेटिएको वौदिकालिको निति तथा कार्यक्रममा संन्चारकर्मी र सन्चार माध्यमलाई पुरस्कृत गर्ने योजना समेत वनाएको छ । गाउँपालीकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिप चन्द्र सुवेदिले सन्चालन गर्नु भएको कार्यक्रममा सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।