
स्याङ्जा । स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका वडा नं २ घडेरीमा आज एक युवकको चट्याङबाट मृत्यु भएको छ । आज बिहान ५ : ३० बजेको समयमा सुतिरहेको बेलामा उनलाई चट्याङ लागेको हो ।
चट्याङबाट मृत्यु हुने किशोर पूर्णबहादुर गुरुङका छोरा १५ वर्षीय रोहित गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो । मोबाइल चार्जमा राखेर सुतिरहेकाले मृत्यु भएको हुन सक्ने आशङ्का प्रहरीले गरेको छ ।