
गुल्मी अबिरल बर्षाले कारणले गुल्मी रेसुङ्गा नगरपालिका वडा न ४ सेउघा भन्डारी टोलका एक घरपरिवार बिस्तापित भएका छन । काराेना महामारीकाे याे समयमा एक छाक टार्न असहज बनेकाे उक्त घरपरिवारअबिरल बर्षाका कारणले कच्ची दुई तले घर भत्किदा उक्त घरपरिवार बिस्तापित भएको हाे।
७८ बर्षिय झागरसिह दमाईकाे पुर्खाेली सम्पत्ति त्यही घरवास बाहेक अरु केही छैन उनकाे परिवार दैनिकी ज्याला मजदुरी गर्दै चलेकाे अाएकाे छ । काेराेना महामारीको समयमा स्थानीय सबै राेजगार बन्द भय सगै उक्त घरपरिवारमा खाद्यान्न समस्या भएको बतायछन ७८ बर्षिय झागरसिह दमाई । १० जना परिवार संख्या भएको उक्त परिवारमा नावालक ४ जना तीन छाेराबुहारी सयुक्त रुपमा एउटै परिवारमा बस्दै अाएका छन। उक्त परिवार सुखदुःख गरेर परिवार चलाउने उक्त परिवारमा गत मंगलवार अाएकाे अबिरल बर्षाले सबै खुसी टुटायर लिएको छ अहिले उक्त घरपरिवार नघर नघाटकाे भएको छ। गत मंगलबार जिल्ला प्रहरी कार्यलय गुल्मी बाट खटिगएकाे प्रहरी डाेर टाेलीले घटनाकाे मुचुल्का गरेकाे जिल्ला प्रहरीले कार्यलय गुल्मीले जनाएको छ।
घटनामा मानवीय क्षेती नभएको तर भाेैतिक क्षेती दुईतले घर पुर्णरुपमा क्षेती भएको र राहतको लागि रेडक्रस गुल्मी शाखाले एकवटा त्रिपाल बाहेक अरु केही सहयोग नपाएको दमाई बताउछन । १० जना परिपार संख्या रहेका परिवारमा एकवटा त्रिपाल बाट परिवार सुरक्षित हुन नसक्दा परिवार नजिकैको बिद्यालयमा अस्थायी रुपमा बस्दै अाएका छन।अार्थिक अभाव ,बृद्धअबश्था नावालक बालबालिका र बेरोजगार छाेराबुहारीका कारणले अब सपनाकाे सानाे घर बनाउन नसक्ने बताउछन उनकी श्रीमती काली दमाई। उनी भन्छिन काेरानाले त हाम्राे परिवारमा दुख दिएकै थियाे तर गत मंगलबार अाएकाे बर्षाले सपना सबै लुटेर लियो ।