
पाल्पा- जिल्लाको रिब्दिकोट गाउपालिकाले वडा नं १ ख्याहाका कृषकहरुलाई बाख्रा वितरण गरेको छ । गाउपालिकाले मुख्य मन्त्री ग्रामिण विकास तथा रा्जगार कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०७७/७८ बाट विनियोजित रकमबाट बाख्रा वितरण गरिएको हो । गाउपालिकाले ख्याहा उधमशिलता बाख्रापालन उपभोक्ता समिति सदस्यहरुलाई ३० वटा बाख्रा र एक ओटा बोका वितरण गरेको हो ।
वितरण गर्दै गाउपालिकाका अध्यक्ष नारायण बहादुर जि सीले रिब्दिकोट गाउँपालिकामा मुख्य मन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम प्रभावकारी भएको बताउनु यो । मुख्य मन्त्री ग्रामिण विकास कार्यक्रमबाट गाउपालिकाले कृषकहरुलाई भैसी वितरण,बगुर वितरण,कृषि यन्त्रहरु वितरण,उन्नत जातको विउ विजन वितरण गरिएको बताउदै यो आर्थिक बर्षमा ख्याका कृषकहरुलाई उन्नत जातको बाख्रा वितरण गरिएको बताउनु भयो । गाउपालिकाले पालिकाका कृषकहरुलाई व्यवसायिक क्रियाकलापहरुमा जोडी उधम शिल बनाउनका लागि विभिन्न कृषि उपजका कार्यक्रमहरु सञ्चालन गरिएको बताउदै वितरण गरिएको बाख्राबाट धेरै भन्दा धेरै फाइदा लिन कृषकहरुलाई आर्गह गनु भयो । कार्यक्रमका विशिष्ट रिब्दीकोट गाउपालिका वडा नं १ का वडा अध्यक्ष बिष्णु प्रसाद गैरे वितरण गरिएको बाख्राबाट कृषकहरुले उत्पादन लिन आर्गह गर्नु भयो ।
वडा कार्यालय गाउपालिकाका सहयोगमा मुख्य मन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्ग वडा नं १ को ख्याहामा फरक क्षमता भएका नागरिकहरुलाई साहायक सामाग्री वितरण, दिवा खाजा कार्यक्रम लगाएतका कार्यक्रम सञ्चालन गरिएको बताउदै अहलिे कृषक समुहलाई बाख्रा वितरण गरिएको बताउनु भयो । कार्यक्रमा स्वागत मनतव्य गाउपालिकाका कार्यपालिका सदस्य कमल सुनारले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन पालिकाका फोकल पर्सन शिव जि सीले गर्नु भएको थियो ।
तस्बिरः फाइल