संस्थागत सुत्केरी वडा घोषणा तथा बर्थिङ सेन्टर उद्घाटन

बन्दना पाेखरेल   १३ असार २०७८, आईतवार २१:३४

रामपुर नगरपालिका वडा न २ पुर्ण सस्थागत सुत्केरी वडा घोषणा तथा बर्थिङ सेन्टर उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकामा पहिलो वडा का रुपमा घोषणा गर्दै वडाले गौरव महसुस गरेको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा नगरपालिका का नगरप्रमुख रमण बहादुर थापा रहनु भएको हो । प्रमुख अथिति थापाले बोल्दै बिकासकालागि स्वास्थ रहनु पर्ने सुत्केरीलाइ डोकोमा बोकेर लैजाने गरेको इतिहास सम्झदै अहिले रामपुर नगरपालिकाले १५ स्वास्थ केन्द्र भै सकेको बताउनु भएको छ ।

बिसम परिस्थितिमा काम गर्ने स्वास्थ कर्मिलाइ धन्यवाद दिदै पुर्ण सस्थागत सुत्केरी घोषणा हुदै गर्दा अबसर सङै चुनौती थपिएको भन्दै सम्यम्ता सङै धैर्रे भएको काम गर्न अनुरोध गर्नु भएको छ । भौगोलिक बिकटता रहेको वडा न १ बाट संचालन हुन आगामी आर्थिक बर्षमा एम्बुलेन्स दिने भएको जानकारी गराउनु भएको छ । उहाँले बोल्दै गर्भवतीलाइ व्याबहार र आचरण स्वस्थ्य राख्न अनुरोध गर्नु भएको छ । कार्यक्रममा नगरपालिकाका उपप्रमुख बिष्णु देबि घिमिरे आकार्यले बोल्दै घास काट्दै गर्दा त्यहि हसियाले नाल काट्ने चलन थियो जसले गर्दा बिभिन्न रोग तथा मातृ शिसु मृत्यु दर बढेको भन्दै बाटो पधेरो मात्र बिकास होइन सामाजिक चेतना पनि बिकास हो भन्दै महत्त्वपूर्ण भुमिका सबै ले पुर्याउन जरुरी छ । प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले कार्यक्रममा शुभकामना दिनु भएको छ ।

शुभकामना दिदै प्रसासकिय अधिकृत नागिला ले बोल्दै स्वास्थ कर्मि हरु आफु र आफ्नो परिवारको ख्याल गर्दै नागरिकको ज्यान बचाउन दौड धुप गरिरहनु भएको छ ।शहरी स्वास्थ केन्द्रमा बेड रैछ तर बेडमा बिस्तारा छैन सामान छैन त्यसमा सबै व्यबस्था हुनु पर्ने , भन्दै असारे बिकासको कारण यस्तो भएको छ । सरसफाइका लागि २ लाख छुट्टिएको छ तर फृज हुन लाग्यो खै काम भन्दै प्रश्न उठाउनु भयो ३८ वटा शहरी स्वास्थ क्लिङले बाड्नु पर्छ भन्दै गर्बवति स्वास्थ चौकि आउनुस, सुरक्षीत सुत्केरी बनाउने हाम्रो दायित्व हो यस्कालागि सबै मिलेर गरौ भन्नु भएको छ त्यस्तै शुभकामना मन्तव्य रामपुर नगर पालिका वडा न १ का वडा अध्यक्ष मित्रलाल कंडेल समाजसेवी बोम बहादुर रामजालि लगायत ले आफ्ना भनाइ राख्नु भएको छ । हाल रामपुर वडा न २ मा १९२५ कुल जनसंख्या रहेको छ । स्वास्थ कार्यालयले गत २ आर्थिक बर्षमा ६९ जना सुत्केरी भएका छन जसमध्ये घरमा सुत्केरी हुने ५ जना , २० बर्ष सम्मका ९ जना ,२०देखि ३० बर्ष सम्मका ५१ जना र ३० भन्दा माथि ९ जना रहेको प्रतिबेदन प्रस्तुत गरियको छ ।त्यस्तै गरि ७८% गर्भवतीले प्रोटोगल अनुसार ४ पटक गर्भ परिक्षण गरेका छन ।भने १ जनाले कुनै खालको परिक्षण गर्नु भएन सुत्केरी हुन पनि स्वास्थ सस्था नआएको जानकारी गराइएको छ ।

पुर्ण सस्थागत सुत्केरी वडा घोषणा कार्यक्रममा ५ जना गर्भवतीलाइ आइरन चक्कि र एक क्यारेट अण्डा दिइएको छ । सोहि मध्य एकजना १९ बर्ष मुनि को हुनुहुन्थ्यो । कार्यक्रमको स्वागत स्वागत जिबन दर्सन पोखरेलले गर्नु भएको कार्यक्रममा अध्यक्षता वडा अध्यक्ष ताराबहादुर थापाको अध्यक्षता भएको हो भने सन्चालन गाडाकोट स्वास्थ चौकिका प्रमुख मजिबुर रहमान सेख ले गर्नु भएको हो ।