विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले पाल्पामा राहत वितरण गर्यो

बोलि खबर   १४ असार २०७८, सोमबार ०५:५०

पाल्पा – विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले पाल्पामा राहत वितरण गरेको छ । पाल्पा रिब्दिकाेट गाँउपालिका वडा नं. २ कन्टिपाेखरामा दैनिक श्रम गरेर जिविकाे पार्जन गर्ने श्रमिक मजदुर परिवारलाई राहत वितरण गरेको हाे ।

साथै उहाँहरुकाे एकै घर परिवारमा डेढ बर्षका बच्चा सहित ४ परिवार अहिले काेभिड सरुवा राेगले ग्रसित हुनु भएको छ । उक्त घरमा १२ जना परिवार हुनुहुन्छ । अहिले काेभिडले दुई पुरुषलाई काेभिड राेग लागे पछि खाने जाेहाे पनि हराएको थाहा पाए पछि नेपाल कम्युनिस्ट पार्टीले तत्काल चामल,दाल,तेल,नुन लिएर उक्त ठाउँमा पुगेको थियो ।

जिल्ला जनसरकार प्रमुख नेपालकाे नेतृत्वमा नेकपा जिल्ला सदस्य तथा ईलाका ईन्चार्ज अाकाश सहित अाधा दर्जन नेता कार्यकर्ता पुगेका पुगेका थिए । उक्त पिडित परिवारलाई राहत वितरण गर्दै नेकपाकाे जनसरकार प्रमुख नेपालले अहिले हाम्रो उद्दार,राहत,व्यवस्थापनमा सक्दाे लाग्ने र निर्माण गर्ने अभियान जनसेवामा जुटेको बताएका छन् ।

स्थानीय सरकार सिंह दरवार नभएर जनतालाई करले ढाड सेक्ने कर दरबार खडा गरिएको बताए । उनलेे भने जसको घरमा प्रतिव्यक्ति अाम्दानि र जेहाे गर्ने बाताबरण छैन् उसको घरमा जथाभावी कर उठाएर जनतालाई हैरानी बनाएको बताएका छन् । कार्यक्रम संचालन तथा समन्वय अाकाशले गरेका थिए