तल्लो तटिय क्षेत्रको योजना र समस्या लाई असर पार्नेगरि गर्न खोजिएको कालिगण्डकी डाइभर्सन मान्य हुदैनः पूर्वमन्त्री दल बहादुर राना

बन्दना पाेखरेल   १५ असार २०७८, मंगलवार २०:४३

तल्लो तटिय क्षेत्रको योजना र समस्या लाई असर पार्नेगरि गर्न खोजिएको कालिगण्डकी डाइभर्सन मान्य हुदैनः पूर्वमन्त्री दल बहादुर

राना राम्दी देखी देबघाटसम्मको तल्लो तटिय क्षेत्रमा रहेको त्यहाँका जनताको आर्थिक, सामाजिक, साँस्कृतिक, धार्मिक महत्वका क्षेत्रमा असर पर्ने गरी गर्न खोजिएको गालीगण्डकी डाइभर्सन आफ्ना निम्ती मान्य नभएको पूर्वमन्त्री दल बहादुर रानाले बताउनु भएको छ । उहाँले देवघाट राम्दी जल यातायात संचालन गर्ने आफ्नो पहिलो प्राथमिकता भएको र यसले राम्दी मुनिका कालीगण्डकी बेशीका जनताको आर्थिकस्तर र पर्यटन प्रवद्र्धनमा ब्यापक परिवर्तन ल्याउनेमा आफु बिस्वस्त रहेको बताउनु भयो ।

राम्दी देखि देवघाटसम्म रहेका कालीगण्डकी बेशीका लाखौ रोपनी जग्गामा कालीगण्डकीको पानी लिफ्ट गरी सिचाई सुविधा पुर्याएर कृषि उत्पादन बृद्धि गर्ने र पाल्पा स्याङ्जा तनहुँ र नवलपरासीको गण्डकी बेशी भेगको खानेपानी अभाव भएको ठाउँमा कालीगण्डकी नदीको पानी लिफ्ट गरेर एक घर एक धारा खानेपानी सुविधा दिने याेजना गरीएकाे छ । यस्ताे अवस्थामा सरकारले पिछडिएको भेगको बिकासमा गुणात्मक फड्को मार्ने किसिमले बिशेष ध्यान पुर्याउने गरि गण्डकीबेसी बिकासको गुरु योजना बनाएर अघि बढ्ने अपेक्षा र माग समेत गरिरहेको अवस्थामा उल्टै कालीगण्डकी तिनाउ डाइभर्सन गरेर हाल भएको स्रोत नै समाप्त पार्ने याेजना कालिगण्कीकाे ततिय क्षेत्रकाे जनताकाे लागी मान्य नहुने बताउनु भएकाे छ ।

सांसद रानाले हाम्राे सस्कार सस्कति अनी सव्यतानै अन्य गरेर याेजना बनाइनु गलत रहेकाे भन्दै तटीय क्षेत्रका वासिन्दाकाे लागी खुशि बनाएर मात्रै काम गर्न सुझाउनु भएकाे छ। प्रति सेकेन्ड ८२ घनमिटर पानी लैजानेगरी आयोजना निर्माण गर्न लागिएकोमा चिन्ता र आश्चर्य व्यक्त गर्नु भएको छ। साथै आफ्नो क्षेत्रका जनताको चाहना र माग पुरा गराउन अग्रपङ्तीमा रहेर प्रयास र संघर्ष गर्ने कुरा समेत प्रतिवद्धता जनाउँदै उहाँले आफु सदैव जनताको साथमा रहने बताउनु भयो। पूर्वमन्त्री रानाले कालीगण्डकी डाइभरर्सनको कार्यालय उदघाटन भएपछि त्यसको पक्षमा लागेको भन्दै पुराना भिडियोहरु पोष्टभएकोमा चिन्ता समेत व्यक्तगर्नु भयो । उहाँले जनताको इच्छा र चाहाना विपरीत हुने गरी आफु कहिलै पनि नलाग्ने पनि जिकर गर्नु भयो ।