
असार १५ राष्ट्रिय धान दिवस “मानो रोपेर मुरि उब्जाउने दिन“नेपालभर यस दिनलाइ महोत्सव को रूपमा मनाइदै आएको छ। यसै अवसरमा निस्दी गाउँपालिकाले एक कार्यक्रमका विच धान दिवस मनाएको छ । निस्दी गाउँपालिकाको वडा न ५ ढुंगानाबेशिको बलौटेमा १८ औ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाएको हो । “धान उत्पादन बृद्धि खाद्य सुरक्षा आत्म निर्भरता र समृद्धी” भन्ने नाराका साथ आज धान दिवस मनाईएको हो । धान दिवस गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुको प्रमुख आतित्थ्यतामा भएको थियो । प्रमुख अतिथि सारुले बोल्दै निस्दी एक यस्तो ठाउँ जहाँ अहिले धान दिवस भोलि चामका बोरा किन्नु पर्ने बाध्यता भएको गाउँपाकिका हो । भन्दै धान दिवस मनाउदै गर्दा आफ्ना बाझा बारिहरुलाई हराभरा बनाउनु पर्ने वताउनु भएको छ । खेतबारी बाझाँ छन् राइरहेछन् । यस्तो अवस्थामा काम गरै र कोरिवाटी गरि आर्र्थीक संबृद्धी गरै यो नै धान दिवसको औचित्य हुुनेछ । उहाँले भाग्यमा होईन श्रममा, धर्ममा होईन क्रममा विश्वास गर्नु पर्ने भन्दै धान दिवसमा सवै कृषकलाई शुभकामना दिनु भएको छ । उहाँले कृषीलाई यान्त्रिकरण र प्रविधि मैत्री बनाउनु पर्ने बताउनु भएको छ ।
कृषी ज्ञान केन्द्र पाल्पाका कृषी प्रसार अधिकृत जेदुराम घिमीरेले बोल्दै धान दिवस आफैमा एक उत्सव नै हो जसले कृषी गरि सवैको पेट र्भन सहयोग गर्छ भन्दै आर्गनिक आफ्नो घरमा उत्पादन भएको बस्तु खादा स्वास्थ्य राम्रो हुने भएकाले उत्पादन बृद्धि गरौ भन्नु भएको छ ।
धान दिवसमा शुभकामना दिनेहरुमा समाजसेवि मेयर सिंह थापा, गल्धा सामाजिक महिला उद्यमी सहकारीका अध्यक्षका अध्यक्ष तिरण श्रेष्ठले महिला उद्यमी बढ्दो छ हाम्रो जस्तो भिर पाखा भएको ठाउँमा बाख्रा उत्पादन राम्रो हुने भएकाले यस तर्फ तिर पनि लाग्न आग्रह गर्नु भएको छ । निस्दी गाउँपालिका वडा न ३ का वडा सदस्य देव बहादुर पाटा ,जनता माविका प्रअ र्तक बहादुर वयम्बु, नेकपा एमाले गाउँ संगठन कमिटिका अध्यक्ष हेम बहादुर खाम्चा लगाएतले आफ्ना भनाई राख्नु भएको हो । लेखवेसि कृषक समुहका सदस्य रमा सोतिको स्वागतबाट सुरु भएको कार्यक्रममा व्यवस्थापन सोहि समुहले गरेको थियो । तर्क बहादुर वयम्वुको ४ रोपनि खेतमा गरिएको रोपाईमा ४ हल गोरु र रोपारा बाउसेहरु रमाएका थिए । कार्यक्रमको सन्चालन कृषी शाखा निस्दीका प्रमुख खिमराज कोईरालाले गर्नु भएको हो । बाजा गाजा सहित मनाइएकाे राेपाइ दिवसमा युवा युवतिहरू बालक बृद्ध सवै हिलाेमा रमाइरहेका थिए ।
असार १५ सम्ममा पाल्पामा यस वर्ष ५० प्रतिशत रोपाई सकिएको छ । गत वर्ष यस समयमा ३० देखि ३४ प्रतिशतमा सिमित रहेकोमा समयै मनसुन सुरु हुनाले रोपाई चाँदै भएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।
प्रमुख खाद्यान्न बालीको रुपमा रहेको धान खेती जिल्लाको कुल खेती योग्य जमिन ३६ हजार ५ सय ३७ हेक्टर मध्ये ८ हजार ६ सय २० हेक्टरमा बर्षेधान, ७ सय ५ हेक्टरमा चैते धान उब्जनी हुने गर्दछ । कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव अर्यालले समय मै रोपाई भएको र पर्याप्त मात्रामा मल रहेकाले यस वर्षपनि धानको उत्पादनमा वृद्धि हुने बताउनुभयो ।
उहाँका अनुसार पाल्पाको रामपुर, माडी, झडेवा, पूर्वखोला, कचल, अर्गली, हुँगी, सर्देवा, छेर्लुङ्ग चहला लगाएतका फाँटहरु संगै टारी खेतहरुमा पनि धान खेती हुने गरेको छ । जेठ महिनामै पानीको मुल फुटेपछी कृषकहरुले जेठ बाटै रोपाइँ शुरु गरेका थिए । यति बेला जिल्लाका कृषकहरुलाई भ्याई नभ्याई भएको छ । कृषकहरुले ठूला ठूला फाँटहरुमा आधुनिक कृषियन्त्रहरुको प्रयोग गरेका छन् भने टारी खेतहरुमा अझै पनि हल गोरु लगाएर रोपाइँ गर्ने प्रचलन कायम नै रहेको छ ।
यता पाल्पा सहित देशभर असार १५ अर्थात १८ औं राष्ट्रिय धान दिवस मनाइएको छ । कोरोना संक्रमणको जोखिमका बीच धान दिवस तथा रोपाई महोत्सव मनाइएको हो । यो वर्ष ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ कार्यक्रम भएको थियो । पाल्पामा यस वर्ष कृषि ज्ञान केन्द्रको समन्वयमा निस्दी, माथागढी, तानसेन र रिब्दीकोटले रोपाई महोत्सव गरेको थियो ।
तानसेन नौ को दमकडा, निस्दी ५ को ढुङ्गानाबेशी, माथागढी ४ को भडेवा र रिब्दीकोटको ख्याहामा धान रोपेर दिवस मनाईएको हो ।











