
पाल्पा – ज्याग्दी सामुदायिक वन तथा ज्याग्दी बृहत पार्क रामपुर ६ पाल्पामा बृक्षारोपण गरिएको छ । पार्क निर्माण तथा बन समूहले वन क्षेत्र तथा पार्कमा बृक्षारोपण गरेको हो ।
बृक्षारोपण कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा रहनु भएको थीयो ।बृक्षारोपण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले पार्कलाई पर्यटकिय क्षेत्रको रुपमा विकास चिनाउन सके पर्यटन क्षेत्रको मात्र नभई यस क्षेत्रका जनताको आर्थिक सम्बृद्धि पनि हुने बताउनुभयो । उहाँले पार्कलाई सधैँ घुम्न मिल्ने ठाँउ बनाउनु पर्ने बताउदैँ बृक्षारोपण र सरसफाईलाई निरन्तरता दिन स्थानियलाई आग्रह गर्नुभयो । उहाँले पार्क भित्र संचालन हुने मिनिचिडिया खानामा यस क्षेत्रमा पाईने विभिन्न जिवजनावरहरु राखेर सञ्चालन गर्नु पर्ने भन्दै यसको अझ विकासका लागी नगरपालिकाले आवश्यकता अनुसार बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
एक फरक प्रसंगमा बोल्दैसाथै कालिगण्डकी डाईभरसनको सन्दर्भ जोड्दै नगर प्रमुख थापाले डाईभरसनले ज्याग्दी पार्क जस्तै तटिय क्षेत्रका सयौँ पर्यटकिय क्षेत्रहरुमा प्रत्यक्ष असर पुग्ने बताउनुभयो । उहाँले सकारले गर्न लागेको विकासको विरोधी बन्न विरोध नगरेको भन्दै कालिनदीको सभ्यता र यस क्षेत्रको बातावरणिय प्रभावको चिन्ताले आफु बोलेको बताउनुभयो । डाईभरसनले एक तर्फ विकास गरे पनि डाईभरसन गर्ने स्थान भन्दा मुनिका भागमा धेरै असर पुग्ने बताउनुभयो । डाईभरसन तटिय क्षेत्रका जनताको अहितमा रहेको भन्दै उहाँले जुनसुकै क्षति वेहोरेर भए पनि यसको विरोध गर्न नसके बोलेर मात्र केही नहुने बताउनुभयो । साथै उहाँले यसको विरुद्धमा कालिगण्डकी वेसीका जनताहरु एक भएर लाग्नु पर्ने वेला आएको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका उपसभापति देवराज ढकालले बोल्दै पार्कको स्थापना भन्दा पनि संचालन र संरक्षणमा ध्यान दिनु पर्ने बताउनुभयो । यसको रेखदेख र संरक्षण गर्ने पहिलो जिम्मेवारी स्थानियबासीको रहेको बताउदै ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले बनको अहिले सम्मका गतिविधि प्रस्तुत गर्दै वडाको केही बजेटले पार्क निर्माणका लागी पर्याप्त नहुने भएकोले नगरपालिकाबाट थप सहयोग गर्न आग्रह गर्नुभयो थियो । यस्तै सव डिभिजन बन कार्यालय रामपुर पाल्पाका प्रमुख सरोजराज भण्डारीले वनको संरक्षण , पर्यटन प्रबद्र्धन संगै यसबाट आर्थिक लाभ लिन सकिने भएकाले पार्कको सरसफाई र संरक्षणमा ध्यान दिन आग्रह गर्नुभयो ।
ज्याग्दी सामुदायिक वन उपभोक्ता समुह रामपुर ६ पाल्पाका अधयक्ष ओम प्रकाश बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष बस्याले बोल्दै पार्कको विकासका लागी सवैको सहयोग अपरिहार्य रहेको बताउनुभयो । पार्कमा घुम्ने मात्र नभई विरामी वा दुर्घटनामा परेका विभिन्न जनावरहरुलाई उद्धार गरि राख्नका लागी उद्धार केन्द्र पनि निर्माण भएको बताउनुभयो । साथै उद्धार गर्नु पर्ने जनावरहरुलाई उद्धार केन्द्रमा ल्याउन समेत अध्यक्ष बस्यालले आग्रह गर्नु भएको छ ।सामुदायिक वन तथा पार्कका अधयक्ष ओम प्रकाश बस्यालको अध्यक्षतामा भएको बृक्षारोपण कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा गोल्ड मेहर विरुवा रोपेर बृक्षारोपण सुरु भएको थियो । समुहका सचिव विष्णुमाया ढकालको स्वागतबाट शुरु भएको कार्यक्रममा सहभागिलाई धन्यवाद वन उपभोक्ता समुहका सल्लहाकार सदस्य कृष्ण प्रसाद अर्यालले ज्ञापन गर्नु भएको थियो भने संचालन सहसचिव रामचन्द्र ढुंगानाले गर्नु भएको थियो ।
पार्क क्षेत्रमा सब डिभिजन बन कार्यालय रामपुर पाल्पाको सहयोगमा धुपि , लप्सी , गोल्ड मेहर , तेजपात गरि करिब २ सय भन्दा बढि बिरुवा रोपण गरिएको छ ।






