चापाकोटमा च्याउ खेती तालिम

बाेलि खवर   १६ असार २०७८, बुधबार १९:०८

सन्जु देवि परियार पाल्पा/स्याङ्जा

स्याङ्जाको चापाकोट नगरपालिका वार्ड नं ८ दामाचौरमा ३ दिने च्याउ खेती सम्बन्धि तालिम आजदेखी शुरु भएको छ । भूमि ब्यबस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयको आर्थिक सहयोग ,जिल्ला सहकारी संघ स्याङ्जाको पहल र कालीगण्डकी गाउँपालिका मार्फत उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड को सेवा केन्द्र दामाचौरले ३ दिने तालिम संचालनमा ल्याएको हो। उक्त तिन दिने तालिम चापाकोट नगरपालिका ८ दामाचौरमा रहेको सेवा केन्द्रका संयोजक राजिब कुमार अर्यालको औपचारिक अध्यक्षता मा आजदेखी शुरु भएको हो ।

स्थानीय तहमै गाउँघरमा सजिलै पाइने परालको उपयोग गरि घरमा सरल तरिकाले उत्पादन गर्न सकिने र यसबाट आर्थिक रुपमा पनि सबल हुनसक्ने भएकाले आजभोलि कृषक हरु पनि च्याउ खेती तर्फ लालायित हुने गरेकाछन । कोभिड १९ को दोस्रो लहर सुरु भए यता लकडाउन पछिको जनजिबन प्रभावित भएपछि घरमै बस्न बाध्य भएका स्थानीय हरुलाइ लकडाउन खुकुलो पारिए लगत्तै समय सदुपयोग संगै आर्थिक उन्नती हुने देखिएपछी नगरपालिकाले तोकेको सामाजिक मापदण्ड अपनाएर तालिम सन्चालनमा ल्याइएको हो। “तालिम अनि सिकाइ जुनसुकै पनि हुनसक्छन् र लिनुभएको होला तर सिक्नु मात्रै ठुलो कुरा होइन सिकेका कुरा व्यबहार अनि सदुपयोगमा ल्याइ आत्मनिर्भर बनी आर्थिक तबरले सबल हुनु उपलब्धी हो , तपाइहरु पनि यो तिनदिने बसाइमा सिकेका कुरा पक्कैपनी ब्यबहार संगै सदुपयोगमा ल्याएर केही गर्नुहुनेछ भन्ने शुभकामना सहित अपेक्षा गरेको छु ,” तिनदिने तालिम उद्घाटनका प्रमुख अतिथी चापाकोट नगरपालिका ८ का वार्ड अध्यक्ष नबराज श्रेष्ठले भन्नुभयो ।

२७ जना प्रशिक्षार्थीको सहभागिता भएको तिनदिने च्याउ खेती तालिमको आज पहिलो दिनमा उनिहरुले च्याउ खेती कसरी गर्ने र त्यस्लाइ घरमै उत्पादन गर्नका लागि के कस्ता आवस्यक सामग्री को प्रयोग गर्ने जस्ता कुराहरु राम्ररी सिकि दक्ष भइ सिकेका कुरा ब्यबहारिक रुपमा प्रयोग गर्न अरुलाइ पनि सिकाउन सक्ने बन्नुहोस भनी केन्द्रिय सहकारी बोर्ड कि सदस्य सरस्वती भट्टराई , जिल्ला सहकारी बोर्डका अध्यक्ष लक्ष्मीपती पौडेल , उपकार साकोसका अध्यक्ष लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडका उपाध्यक्ष गोकर्ण प्रसाद भट्टराईको स्वागत मन्तव्य बाट सुरु भएको बेरोजगारी अनि कोरोनाको माहामारिको बेला घरमै बस्न बाध्य भएका स्थानीयलाई कम लागतमा गाउँघर मै उपलब्ध सामाग्री बाट उत्पादन गरि आर्थिक क्षेत्रमा मनग्ये आम्दानी समेत लिनसक्ने सम्भाब्यता बोकेको च्याउ खेती सम्बन्धि तिनदिने तालिमको सन्चालन उपकार बचत तथा ऋण सहकारी संस्था प्रमुख शाखाका प्रमुख झलक नारायण पाण्डेले गर्नुभएको थियो ।

Open Photo

Open Photo