बाैदिकालीमा परदेशी द्धारा रहात बितरण

बन्दना पाेखरेल   ३ कार्तिक २०७७, सोमबार १२:१९

बौदीकाली- नवलपुर, कार्तिक २

बेलायतमा बसोबास गर्ने बौदीकालीबासी नेपालीबाट प्राप्त सहयोग एक कार्यक्रमका साथ हस्तान्तरण गरिएको छ । बेलायत आर्मीमा कार्यरत बौदीकाली गाउँपालिकाको रकुवा र डेढगाउँबासीले पठाएको सहयोग रकम बौदीकाली गाउँपालिकाको ६ वट्टै वडामा बितरण गरिएको हो ।

बौदीकाली-४ रुचाङ्गका वडाध्यक्ष मन बहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बौदीकाली गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर रानाले सहयोग हस्तान्तरण गर्नु हुँदै बिदेशी भुमिमा रहेर पनि आफ्नो गाउँका बासिन्दालाई बेलायतबाट पुर्‍याउनु भएको सहयोगको प्रशम्सा गर्दै सहयोगलाई उदेश्य अनुसार सदुपयोग गरि कोरोना भाइरसबाट सबैलाई बच्न र बचाउन सावधानीका उपाय अप्नाउनु पर्ने कुरामा जोड दिनु भयो।


हाल बेलायतमा बसोबास गर्ने बौदीकाली-३ रकुवाका ईन्द्रजित सारु,युबराज राना,एक बहादुर ठाडा, मन बहादुर ठाडा,गोबिन्द गाहा,मिमलाल थापा,ताराराज झेडी,लगायत बौदीकाली-२ डेढगाउँ का लोकेन्द्र श्रेष्ठ ,नौलासी थापा, बिकेन राना, रमन लामिछाने र तुलाराम राना लगायत १२ जना ब्यक्तिबाट सड्ढलित रकम गाउँपालिका भित्रका १०६ घरधुरीलाई प्रदान गरिएको थियो ।


वडाकार्यालय बाट छनौट भएका लाभग्राहिलाई सहयोग रकम बौदीकाली गाउँपालिकाको कोरोना रोकथाम नियन्त्रण राहत कोष मार्फत समन्वय समिति द्वारा बितरण गरिएको हो ।वडान.१ मिथुकरममा १४, वडानम्बर-२ डेढगाउँमा २७,वडानम्बर -३रकुवामा२६ वडानम्बर -४ रुचाङ्गमा १४, वडानम्बर-५ बबोकमा ११ र वडानम्बर-६ नरममा १४ घरधुरीलाई रकम हस्तान्तरण गरिएको हो । न्यून आय भएका बिपन्न परिवारलाई सहयोगले कोरोनाबाट बच्न आवस्यक सामाग्री खरिद गर्न प्रभावित परिवारलाई सहयोग पुग्ने समिति सदस्य कुलबहादुर ठाडाले बताउनु भयो।

वडा नम्बर -१ मिथुकरममा वडाध्यक्ष टोलनाथ कंडेल, वडा नम्बर -२ डेढगाउँमा वडाध्यक्ष बाल प्रसाद ठाडा,वडा नम्बर-३ रकुवामा वडाध्यक्ष याम बहादुर थापा ठाडा, वडा नम्बर-५ बबोकमा वडाध्यक्ष खिम बहादुर खरु थापा, वडानम्ब्र-६ नरममा वडाध्यक्ष नेम बहादुर थापाको अध्यक्षतामा बितरण गरिएको सहयोग प्रति परिवारलाई १ हजार ५ सयका दरले प्रदान गरिएको राहत समन्वय समिति गङ्गा बिश्वकर्माले बताउनु भयो ।वडा कार्यालय रुचाङ्गमा भएको कार्यक्रमको संचालन राहत समन्वय समिति सदस्य बिर बहादुर बिसीले गर्नु भएको हो ।