
पाल्पाको रामपुरमा वनिरहेको कवडहलको आज खर्च सार्वजनिक गरिएको छ । पाल्पामा नै सबैभन्दा ठूलो रामपुरमा बन्दै गरेकाे कभर्ड हल निर्माण कार्यको आर्थीक वर्ष २०७७।०७८ खर्च सार्वजनिक गरिएको हो ।
झण्डै १ करोड ५० लाखको लागत अनुमानमा १८ मिटर चौडाई र ३० मिटर चौडाई क्षेत्रफल रहेको कभर्डहल निर्माण भइरहेको हो । जसमा केन्द्र सरकारले जिल्ला खेलकूद विकास समिति मार्फत दिएको १४ लाख ३४ हजार ५ सय र जन श्रमदान बाट २ लाख १५ हजार १ सय ७५ रुपयाँको काम भएको थियो । २०७५।०७६ मा रामपुर नगरपालिका बाट १२ लाख, २०७६।०७७ मा रामपुर नगरपालिका बाट १० लाख र २०७७।०७८ मा प्रदेश सरकार लुम्विनि प्रदेश वाट १० लाख र नगरपालिकाबाट ६ लाख विनियोजन गरिएको कभर्डहल निर्माण समितिका अध्यक्ष कमल सेनले जानकारी दिनुभयो । २०७४ सालमा डिपिआर गरि निर्माण थालिएको हो । स्थानीय सरकारको समन्वयमा बन्ने कभर्डहलको डिपिआर पुरा गर्न ९ लाख ६७ हजार प्राप्त भएको थियो ।
आज कवड हल समितिले जम्मा आम्दानी,खर्च १६ लाख ६हजार ५ सय ८२ वरावरको सार्बजनिक गरेको छ। जसमा उपभोक्ता समीतिको ६ हजार ५ सय ८२ श्रमदानमा गरेका छन् ।
प्रत्येक बर्ष चरणबद्ध निर्माण हुने कभर्ड हल निर्माण आयोजनाको लागत अनुमान १ करोड ५० लाख छ । पहाडको समथर भुभाग रामपुर उपत्यकामा कभर्डहल नहुदा खेलकुदका पारखी र युवाहरुलाई खेलमा समस्या भएपछि स्थानीय तह, प्रदेश र केन्द्र सरकारसँग समन्वय गर्दै कभर्ड हल निर्माण गर्न लागेको सेनले बताउनु भएको छ ।
खेलकुदबाट यस भेगका नागरिक केन्द्रसम्म पुगेपनि खेलकुदका लागि उचित वातावरण नहुँदा खेल क्षेत्रको विकास सोचे जस्तो नभएकाले कभर्ड हल निर्माण कार्यलाई चासोका साथ लिइएको समितिका सचिव टिकाराम रेग्मीले बतउनुभयो । निर्माण सम्पन्नपछि कभर्ड हलमा क्रिकेट र फुटबल बाहेक अन्य खेल भित्र खेल्न सकिनेछ ।