
रामपुर, पुर्बी पाल्पाकै पहिलो बिद्यालय श्री रामतुलसी माध्यामिक बिद्यालयमा मन्टेस्वरी सन्चालन गर्ने भएको छ । बिद्यालयले स–साना नानिबाबु हरुको इच्छा, चाहानालाई मध्यनजर गर्दै प्लेग्रुप, नर्सरी, एलकेजि र युकेजि एकैसाथ भएको सुबिधा सम्पन्न मन्टेस्वरी सन्चालनमा ल्याउने तयारी गरेको हो । निजि बिद्यालय र निजि रुपमा रहेका मन्टेस्वरीहरु भएपनी सरकारी स्कुलमा पुर्ब बाल बिकास कक्षाहरुको नामले सन्चालनमा ल्याइने यो भने पहिलो बिद्यालय हो ।
बिद्यालयले पढाईको गुणस्तर, भौतिक संरचना अब्बल गराउने र बर्णन गर्न लायक गराउने लगायत पाल्पा जिल्लाकै नमुना बनाउने उद्देश्यका साथ पुर्ब बाल बिकास कक्षाहरु सन्चालनमा ल्याउने तयारीमा विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले बताउनु भयो । बालबालिकाको उमेर अनुसारको शिक्षा हुनुपर्दछ भनेर उमेरका हिसाबले पढाईको लेबल ढिलो नहोस भनी प्लेग्रुप, नर्सरी छुट्टाछुट्टै कक्षा र एल केजि, युकेजि एउटै कक्षामा मिसाएर एकैसाथ पढाई हुने गरि ६ बर्ष नलाग्दै १ कक्षामा भर्ना गर्न मिल्ने गरि मन्टेस्वरी सन्चालन्मा ल्याउन लागेको हो ।
आर्थिक अवस्था नाजुक भएकै कारण भर्ना हुन, किताब किन्न र ड्रेस किन्नका लागि असमर्थ भएका बिद्यार्थीहरुका लागि निशुल्क भर्ना, ड्रेस र किताब समेत बिद्यालयले दिने ब्यबस्था गरेको बिद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले जानकारी गराउनु भयो । रामपुर नगर शिक्षा अधिकृत बिकल काफ्लेका अनुसार हिजो यो स्कुल भौतिकका लागि लडिरहेको थियो भने आज ती सबै कुरा लाई माथी उकास्दै सरकारी स्कुलमा पुर्ब बाल बिकास शिक्षा भनेर पहिलो सुरुवात गर्ने अवस्थामा आइसकेको छ । नजिकका अरु बिद्यालय संग समन्वय गरि पुर्ब बाल बिकास कक्षाहरु सन्चालनका लागि आवश्यक भौतिक देखी अन्य ब्यबस्थापन अबको दुई महिनामा पूरा गरि सरकारी स्कुलहरु मध्येकै नमुना बिद्यालय बन्नेछ र शैक्षिक पाटोमा सबै बिद्यालय लाई समेट्दै लैजानेछ बताउनु भयो ।
दिगो भौतिक संरचना स्थापना गरि बालमस्तिष्कका लागि आवश्यक कुराहरु उपलब्ध गराउने र अबका बच्चालाई एक दिन स्कुल जान नपाउदा स्कुल लैजान आग्रह गर्ने खालका वातावरण सृजना गर्दैछौ । उनीहरुको लागि बढी लगाब हुने आधुनिक भौतिक सामाग्रीहरु मोबाइल, त्याब , ल्यापटप जस्ता कुराहरू समेत उपलब्ध स्कुलमै गराउने तयारीमा रहेको बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष बिस्णु पौडेलले जानकारी दिनुभयो । नमुना बिधालय अनुदान सहयोग बाट करिब करिब १ करोड को लागतमा श्री राम तुलसी माध्यमिक बिद्यालयमा बनेको पुर्ब बाल बिकास कक्षाहरु (मन्टेस्वरि ) मा साना बालबालिका लक्षित शौचालय, पढ्दापढ्दै निदाएको अवस्थामा उनिहरुलाइ सुताउने आरामदायी बेड, उनिहरुको चाहाना अनुसारको खेलौना र भोकाएका बेला स्वस्थ खानेकुरा उपलब्ध गराउन सुबिधाजन्य क्यान्टिन समेत ब्यबस्थापन गरि निर्माण गरिएको बताउनु भयो ।