मुख्य मन्त्रिग्रामीण विकासले कार्यक्रम अन्तरगत बुंगुर वितरण

बन्दना पाेखरेल   २२ असार २०७८, मंगलवार २३:१३

पाल्पा जिल्ला रामपुर नगरपालिकामा बंगुरको वच्चा वितरण गरिएको छ । रामपुर नगरपालिका वडा न ८ र १० मा बुंगुर वितरण गरिएको हो । मुख्य मन्त्रिग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तरगत दुई वटा वडाका विपन्न परिवारलाई वितरण गरिएको हो ।

मुख्य मन्त्रिग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तरगत दलित अति विपन्न परिवार ३६ घर परिवारलाई वितरण गरिएको हो । वितरण कार्यक्रममा वोल्दै लुम्विनी प्रदेशका प्रदेश सभा सदस्य युवराज खनालले यस बच्चा ठूला बनाएर अन्य उत्पादन दिन सक्ने वनाएर बगाल वढाउदै आर्थिक अवस्था सुधार गर्न सुझाउनु भएको छ । प्रमुख अतिथि समेत रहनु भएका खनालले मुख्यमन्त्रि ग्रामीण विकास कार्यक्रमको उदेश्यका बारेमा बोल्दै गरिवीका रेखा मुनि रहेका विपन्न समुदायलाई केहि आर्थिक राहत पुर्याउने रहेको भन्दै सवैले सानो उपहार सम्झेर आय स्तर बृद्धि गर्न लाग्नु हुनेछ भन्नु भएको छ।


त्यस्तै नगर उप प्रमुख विष्णु देवि घिमीरे आचार्यले बोल्दै अनुगमन समेत हुने भएकाले मन लगाएर र्हुकाउन आग्रह गर्नू भएको छ । उहाँले मुख्य मन्त्रि ग्रामीण विकास तथा रोजगार कार्यक्रम विपन्न समुदाय लक्षित भएकोे र लक्षित समुदायमै पुग्ने कोशिस गरिएको वताउनु भएको छ । वडा न ८ मा वडाध्यक्ष बोम बहादुर नामजालिको अध्यक्षतामा र वडा न १० मा वडाध्यक्ष लिल बहादुर गाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन नगरपालिकाका कर्मचारि पुजा परियारले गर्नु भएको हो ।