
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रम समपन्न भएको छ ।
पुर्बखोला गाउँपालिका वडा न ५ बिरकोटको स्वास्थ सस्था पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भएको हो ।बिरकोट स्वास्थ्य चौकी भवनमा भएको पोषण स्वास्थ्य संस्था घोषणा कार्यक्रममा प्रमुख अतिथी पुर्बखोला गाउपालिकाका अध्यक्ष नुन बहादुर थापा रहनु भएको हो । प्रमुख अथिति थापाले बोल्दै स्वास्थ बिनाको जिबन जिउनु र मर्नु एकै हुने हुदा स्वास्थ व्याबहार आहार व्याहारमा ध्यान दिनुपर्छ भन्दै सबैलै पोषण युक्त आफ्ना बारिका आर्गनिक खाना आग्रह गर्नु भएको छ ।
गाउँपालिकाका उपाध्यक्ष भागीरथी भट्टराईले बिषादी राखेको फलफुल र तरकारीहरुलाई किनेर खानु भन्दा आफैले उजाएरको फलफुल र तरकारीहरु खान सकेमा पौषण तथा खाध्यान्न सुरक्षामा धेरै सहयोग पुग्ने कुरामा जोड दिनु हुदै आर्थिक रुपमा सहज हुने समेत बताउनु भएको छ।
स्वास्थ्य चौकीको अनमी लक्ष्मी थापाको स्वागत मनतब्यबाट शुरु भएको कार्यक्रममा स्वास्थ शाखा प्रमुख मोहन ढकाल ,बेस नेपाल सुहाराका संयोजक दिनेश घिमिरे , स्वास्थ्य तथा पोषण अधिकृत बिनोद पोखरेल वडा सदस्य याम बहादुर सारु पार्बती हिताङग बेस नेपाल सुहाराका पोषण सहजकर्ता सागर हिस्की लगायत अन्य ब्याक्तिहरुले शुभकामना मनतब्य राख्नुभएको थियो ।
वडा सदस्य साबित्रा थापाको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन रतना फालले गर्नु भएको हो ।