
पाल्पाको तिनाउ गाउँपालिका ५ चरचरेमा टिपर दुर्घटना हुँदा चालकको निधन भएको छ । चुनढुङ्ग लोड गरि बुटवल तर्फ जाँदै गरेको लु २ ख ८२० नं टिपर सडकबाट ३०० मिटर तल खोलामा खसेको छ ।
मृत्यु हुनेमा जिल्लाको पुर्वखोला गाउँपालिका ५ विरोकोट बस्ने २६ वर्षी सुदिप गैरे रहेका छन । निज घाइतेलाई उपचारको लागि लुम्बिेनि मेडिकल कलेज प्रभास पठाएको डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटना बारे प्रहरी निरिक्षकको कमाण्डमा टोलि खटिई थप अनुशन्धान भईरहेको छ ।
दुर्घटना हुने टिपर ए.आर.एम कन्स्ट्रक्सनको रहेको छ ।