निस्दीका २५ जना कृषकलाई मौरी सहितको घार वितरण

बोलि खबर   २३ असार २०७८, बुधबार १२:०४

निस्दी,पाल्पा । निस्दी गाउँपालिका पाल्पामा २५ जना कृषकहरुलाई मौरी सहितको घार वितरण गरेको छ ।
कृषिलाइ आत्मनिर्भरको बाटो बनाउन भन्दै कृषकलाइ बिभिन्न योजना सहित उत्प्रेरित गरिरहेको निस्दिले अहिले मौरी घार बितरण गरेको हो ।

   निस्दी गाउँपालिका पाल्पाको ७५ प्रतिशत अनुदान र सम्बन्धित कृषकको २५ प्रतिशतको लागत वितरण गरिएको कृषि शाखा प्रमुख  खिमराज कोइरालाले बताउनुभयो । 

जस अन्तर्गत वडा नम्बर १ बाकामलाङ्गमा ५,वडा नम्बर-२,सहलकोटमा सबैभन्दा धेरै १९, वडा नम्बर-३,झिरुबासमा ३ र वडा नम्बर-४,मित्यालमा ९ वटा मौरी सहितको घर वितरण गरेको हो यसैगरी वडा नम्बर-५,गल्धामा ७, वडा नम्बर-६,अर्चलेमा २ र वटा नम्बर-७,ज्यामिरेमा ८ वटा गरि जम्मा ५३ वटा मौरी सहितको घार र ५२ वटा मौरीको घार मात्रै वितरण गरेको संयोजक कोइरालाले बताउनुभयो ।