वर्षाले बाैंदीकाली गाउँपालिका नरमकाे निरन्दी खोलामा पुल बगायाे

बाेलिखवर   २४ असार २०७८, बिहीबार १८:३९

कुलमणि ढुङ्गाना

गएरातिदेखि परेको अविरल वर्षाले बाैंदीकाली गाउँपालिका वाड नं ६ नरमकाे निरन्दी खोलामा पुल बगाएकाे छ । भीषण बाढीले निर्माण सम्पन्न भई चालु अवस्थामा रहेको पक्की पुल बगाई ठुलो क्षेति पुर्याएको हाे ।

वर्षाको समयमा बौदीकाली गाउँपालिकाको केन्द्र देखि विभिन्न वडाहरु र नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्ला सदरमुकाम कावासोती जोड्ने बौदीकाली गाउँपालिकाको लाईफ लाईन सडक अवरुद्ध हुन पुगेको छ । बौदीकाली गाउँपालिका वाड नं ६ नरम का वडा अध्यक्ष नेमबहादुर थापाका अनुसार यस पुल गाउँपालिका जाेड्ने एक मात्र पुल रहेकाे जानकारी दिनुभएको छ ।