
कोभिड १९ को असर चुनौती र सुरक्षाका उपायहरु बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । कालीगण्डकी बिकास केन्द्र द्धारा आयोजना गरिएको कार्यक्रममा होटल न्यु श्रीनगर रामपुरमा भएको छ ।
कालीगण्डकी बिकास केन्द्रका उपाध्यक्ष एकराज अर्यालको स्वागत बाट सुरु भएको कार्यक्रममा कार्यक्रमका बारेमा जानकारी सस्ंथाका अध्यक्ष एब कार्यक्रमका अध्यक्ष देबेन्द्र पोखरेलले गराउनु भएको हो । विक्रम संवद् २०६१ सालमा स्थापना भएको सस्ंथाले हाल सम्म विभिन्न कार्यक्रम गर्दै आईरहेको छ । यसको मातहतमा रहने गरि सामुदायिक रेडियो सन्चालन गरेको भन्दै जानकारी दिनु भएको छ । उहाँले बोल्ने क्रममा हाल सन्चार मन्त्रालय बाट प्राप्त २ लाख बजेट बाट कार्यक्रम गर्न लागिएको बताउनु भएको छ ।
सस्थांका पुर्ब अध्यक्ष एव प्रमुख अतिथि बासुदेब देबकोटा रहनु भएको हो । प्रमुख अतिथि देबकोटाले बोल्दै कोभिडका बेला सन्चारकर्मीले के गर्न सकिन्छ सुरक्षीत रहने कसरी ? सुचना प्रबाहका विषयमा बढ्दो संक्रमण न्यूनीकरण का लागि कार्यक्रम मार्फत सवैमा चेतना जगाउन आग्रह गर्नु भएको छ । उहाँले सस्था स्थापना को एउटै उदेश्य थियो जुन सामुदायिक रेडियो रामपुर स्थापना हो त्यो पुर्ण भएको छ। समुदायमा शिक्षा स्वास्थ्य तथा राम्रो गतिविधिलाइ प्रसारण गर्दै आवज विहीनहरुको आबाज बोल्ने रेडियो र्पुवमा पहिलो पल्ट स्थापना हुनु नै गर्वको कुरा भएको बताउनु भएको छ । प्रमुख अतिथि देवकोटाले बोल्दै हाल देशमा अराजकताको स्थिति बढ्दो क्रममा रहेको र पार्टिका भक्त पत्रकार भएका बेला जनता लाइ सत्यतथ्य सूचना प्रबाह गर्ने काम पत्रकारहरुको रहेकोले देश लाइ समाज लाइ सहि दिसा निर्देश गर्न यहा हरु लाग्नु हुनेछ भन्ने आशा र भरोसा रहेको बताउनु भएको छ ।
कोभिड १९ को दोस्रो भेरिएन्ट छरिएको वेला कार्यक्रमा यस सम्वन्धि सहजिकरण डा साकार ढकालले गर्नु भएको हो । कार्यक्रममा कोभिड १९ को बारेमा बताउदै सतर्क रहन आग्रह गर्नु भएको छ । डा ढकालका अनुसार रामपुर अस्पतालमा पनि कोभिड १९ का विरामी औसतमा १० जना दैनिक आउने गरेको बताउदै अहिले ५० जना बिरामी रहेको जानकारी गराउनु भएको छ । उहाँले कार्यक्रममा करिव आधा घण्टा कोरोना भाईरस र यसवाट वच्ने उपायका बारेमा बोल्दै सर्ने तरिका लक्ष्यण र बच्ने उपाय का बारेमा जानकारी गराउनु भएको छ । सामाजिक दुरि कायम नियमित हात धुने गर्नु पर्ने बताउनु हुदै उहाँले सबै भन्दा उत्तम उपाय भ्याक्सिन लगाउनु हो भन्नु भएको छ । उहाँले स्वास प्रस्वास मा असर गर्ने यो भाईरस लक्ष्यण देखिने वित्तिकै अस्पताल आउन समेत सुझाउनु भएको छ । उहाँले हालको परिवेशलाई इन्कीत गर्दै स्थानीयहरु रोगले बढि भए पछि मात्र आउनु भएको भन्दै ।तर लक्ष्यण देखिने बित्तिकै आउनु पर्ने र सबैलाइ आग्रह समेत गर्नु भएको छ ।सुरुवाति अबस्थामा मै आउनु हुन अनुरोध गर्दै पत्रकारहरुले सामाजिक कार्यक्रम मार्फत यो सबै माझ पुर्याउन अनुरोध समेत गर्नु भएको छ ।
पुर्ब स्टेसन म्यानेजर सुकदेब पोखरेलले कार्यालय व्यबस्थापनमा गाँउपालिका सँग सहकार्य गरि कार्यक्रममा गुणस्तरियता कायम गर्न सुझाव दिनुहुदै, समुदायको स्वामित्व रहीरहोस शुभकामना दिनुभएको छ । आज सोहि अवसरमा सामुदायीक रेडियो रामपुरका कर्मचारी सन्चालक समिती र प्रतिनिधि विच अन्तरकृया भएको छ । अन्तरकृयामा रेडियो सन्चालनमा के गर्दा राम्रो हुन्छ भन्ने सुझाव संकलन समेत गरिएको छ । कार्यक्रमको सन्चालन सामुदायिक रेडियो रामपुरका स्टेशन म्यानेजर छविलाल खनालले गर्नु भएको हो ।










