
मुटु बेचेर हिजो बेलुकाको छाक टारेकोछु
एक छाक खाएर भोलिको छाक सारेकोछु
कुर्सीमा बस्नेहरु सोधन मेरा पनि रहरहरु
मैले बाच्नको लागि कति रहरहरु मारेकोछु
सरकार पटक पटक चुनावको मिति सार्छौ
मैले हरेक दिन मृत्युलाई पर सारेकोछु
ऐ! सरकार तिमी त शहरमा गुण्डा पाल्छौ रे
मैले भोका नांगा बच्चा,एक छाकमा पालेकोछु
यो देश मेरो पनि हो कि नेताहरुको मात्रै ?
उपचार गर्न मैले भएको २/४ आना जग्गा बेचेकोछु।
लाग्छ जिन्दगी कहिले काहीँ बोझ भएछ
बुझ्दा बुझ्दै जिन्दगी,जिन्दगी खोज भएछ
अनेकौं मौसम अनि ॠतुहरुलाई झेल्दा
लाग्छ कहिलेकाही जिन्दगी मोज भएछ
दुखमा झरेका आँसु खुसिमा उर्लेको हासो
सम्झदा जिन्दगी कहिलेकाहीँ रेड रोज भएछ
अतितका तिता मिठा केही ती पलरु हेर्दा
लाग्छ घरी घरी जिन्दगी बन भोज भएछ।
के छ हाल खबर सोध्दैनौ तिमी
जिन्दगी कसरी चलेछ सोध्दैनौ तिमी
बन्दले आक्रन्त बनाएको छ यहाँ
हिजो बेलुका के खायौ सोध्दैनौ तिमी
घर भित्र कैदी जसरि थुनेर राख्यौ
बाहिर कहिले निस्कने सोध्दैनौ तिमी
घाउ हरु दुखिरहेछ्न चर्किरहेछ
मलम किन सोध्दैनौ तिमी
मेरो उपचार अस्पतालमा छैन
किन कुरा बुझ्दैनौ तिमी
रंग मंचबाट बिदा लिने बेला भैसक्यो
पर्दा किन उठाउदैनौ तिमी
भौतिक संसार बिर्सेर हेर
अध्यात्मिक जीवन खोजेर हेर
दुबैलाइ संगै यहि राखेर हेर
जीवन के हो दुइमा एक रोजेर हेर
जीवनलाइ यहाँ हासेर हेर
ठुला ठुला महल छोडेर हेर
झुपडीको जीवन छोएर हेर
भोक के हो भोकालाई सोधेर हेर
जिन्दगीलाई कहिले नाचेर हेर
जिन्दगीलाई कहिले मातेर हेर
जीवन अझै पनि उस्तै उस्तै छ
दुबैलाई कहिले काहीँ दाजेर हेर