बन तथा कृषि सहज कार्यक्रम तथा बिकास सम्बन्धि तालिम सुरू

बन्दना पाेखरेल   २६ असार २०७८, शनिबार १६:५७

बन तथा कृषि सहज कार्यक्रम(दोस्रो चरण)बजार तथा बिकास सम्बन्धि तालिम आज पाल्पाको रामपुरमा भएको छ ।सामुदायिक बन उपभोक्ता महासंघ नेपालको आयोजना तालिम भएको हो । कोरोना भाईसरको कारण समयमै हुन नसकेको तालिम केहि खुकुलो भए सगँै स्वास्थ्य मापदण्ड पुरा गरि गरिएको महासंघले जनाएको छ ।

सामुदायिक बन महासंघ रामपुरका सचीव लक्ष्मि थापाको स्वागत बाट सुरु भएको कार्यक्रमको प्रमुख अतिथि रमण बहादुर थापा रहनु भएको हो । जिवन सगँ प्रत्येक्ष सरोकार राख्ने विरुवा गमलामा रोप्दै नगर प्रमुख थापाले कार्यक्रम उद्धघाटन गर्नु भएको हो । लिचिको विरुवा रोपेर सुरु गरिएको कार्यक्रममा विरुवा संरक्षणको जिम्मा राम्चे सामुदायीक वनलाई दिईएको छ । प्रमुख अतिथि थापाले बोल्दै नबौ नगरसभा बाट बन ऐन पारित गरेको बताउनु भयो । उहाँले एक फरक प्रसङ्गमा कालीगण्डकी डाइभर्सनले पुर्याउने असरका बारेमा बोल्नु भएको छ । हाम्रो आस्था जिबन पद्धति सस्ंकार र सस्ंकृति सगँ जोडिएको कालीगण्डकी नदि अन्य नदि जस्तो होइन भन्दै डाइभर्सन गर्न नहुने बताउनु भएको छ । बाताबरणीय प्रभावका बारेमा बोल्दै उहाँले यसले पार्ने भोलिको असरको बारेमा बोल्नु भएको छ ।

बन र उद्यम का बारेमा उपप्रमुख बिष्णु देबि घिमिरे आचार्यले बोल्दै सामुहिक औसधि खेति गर्न आग्रह गर्नु भएको छ । महिला समुहहरु सगँ मिलेर समुदायमा काम गर्दा आर्थिक रुपान्तरणमा गर्न सकिने वताउदै वन महासंघले यस्ता कार्य तफ ध्यान दिन समेत सुझाउनु भएको छ । उहाँले रामपुरमा बढि काठका कुरामा जुन सोझो छ कामदार हो उहि फसिरहने गरेको त्यस्तो अबस्थामा जनचेतना जगाउन आग्रह गर्नु भएको छ ।

सामुदायिक बन महासंघ केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले बोल्दै बन र जिवन सगँको साझेदारि र महत्वका बारेमा जानकारि गराउदै वन ऐन पारित गरेकोमा नगरपालिकाकालाई धन्यवाद समेत दिनु भएको छ । वडा न ५ का वडा अध्यक्ष हिमाल मल्लले बोल्दै बिकास सगैँ आयको बिनासले बन बिनास गरेको छ भन्दै अव अव्यवस्थीत विकासलाई व्यवस्थीत वनाउदै लगेर विकास गर्नु पर्ने बताउनु भएको छ । त्यस्तै गरि वडा न १ का वडाअध्यक्ष मित्रलाल कडेंलले आफ्ना भनाई राख्नु भएको थियो ।

आयुर्वेदिक औषधालयका कबिराज चेमन प्रकास पोखरेलले बोल्दै जुन बिरुवा पनि औषधि हुने हुँदा जडिबुटी जन्य बिरुवा सामुदायिकबनहरु झाडि सफा गर्दा मासिदै गएको छ यीनीहरुलाई संरक्षण र सम्वंधन गर्दै लैजान पर्ने वताउनु भएको छ । अमला, बेसार,टिम्मुर, सैचन लगायत यहा उपलब्ध हुने बिरुवा रोप्न र आर्थिक संघ जोडेर लैजान सकेमा वनबाट आय र्आजन हुने र संबृद्ध वन्न सकिनेमा जोड दिनु भएको छ ।

सामुदायिक बनहरुको तर्फबाट कोप्चे सामुदायिक बनका अध्यक्ष लेखनाथ पोखरेल र पत्रकारहरु को तर्फबाट सृजना घिमिरे लगाएतले शुभकामना मन्तव्य राख्नु भएको हो । कार्यक्रमको दोस्रो सत्रमा बन तथा कृषि सहज कार्यक्रम(दोस्रो चरण)बजार तथा बिकास सम्बन्धि प्रशिक्षण लेखनाथ शर्मा मरासिनीले दिनु भएको छ । बन र कृषी कर्म अनि आर्थिक उर्पाजन सगँ मानव सव्यतालाई जोडेर उहाँले वन अभिन्न अंग रहेको जानकारि दिनु भएको छ । कार्यक्रममा वन महासंघ रामपुरका अध्यक्ष मित्रा ढकालको अध्यक्षतामा भएको कार्यक्रममा रामपुर भित्रका १६ वटा सामुदायीक वनका प्रतिनिधि, वन सगँ सरोकार राख्ने सस्थां र पत्रकारको उपस्थिती रहको थियो । कार्यक्रमको सन्चालन निस्दी वन महासंगका अध्यक्ष विष्णु देव सोमैले गर्नु भएको हो ।