
रामपुर कृषि तथा पशु उद्यमशिलता बिकास परियोजना व्यवस्थापन तथा अनुगमन समिति गठन र अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ । भोकालाइ एक छाक भोजन होईन ,जिउने जुक्ति सिकाऔ भन्दै हेफर इन्टरनेशनल नेपालले पाल्पाका बिभिन गाउँमा काम गर्दै आइरहेको छ । खास गरि गरिबीको रेखामुनि रहेका महिला दिदि बैनि लक्षित कार्यक्रम गर्दै आएको हेफरले बाख्रा उत्पादन बजारीकरण र प्रबधन गर्दै आइरहेको छ । रामपुर नगरपालिका हेफर प्रोजेक्ट सहयोग र बेस नेपालको साझेदारीमा रामपुर नगरपालिका भित्र कृषि र पशुका क्षेत्रमा काम गर्न हेफरले २ करोड बराबरको योजना सार्बजनिक गरेको छ ।
बेस नेपालका उपाध्यक्ष लेखनाथ शर्मा मरासिनीको स्वागत बाट सुरु भएको कार्यक्रम मा उदेश्य माथि प्रकास,परियोजनाको पृष्ठभुमिका बारेमा हेफर इन्टरनेशनल नेपालका कार्यक्रम प्रबन्धक अनन्त सिलुवालले जानकारी गराउनु भएको छ । प्रवन्धक सिलबालले के के कार्यक्रम कसरि गरिन्छ भन्ने विषयमा स्पष्ट गरि परियोजनाका कार्यक्रम प्रस्तुत गर्नु भएको छ ।
कार्यक्रममा नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बोल्दै सहकार्यमा काम गरि अगाडि वढ्ने लक्ष्य रहेको भन्दै आवश्यक कार्यक्रम वडाका सुझावका आधारमा परिर्माजन गर्न सकिने जानकारि गराउदै बजेट संघ प्रदेश र स्थानिय तह मिलेर पुरा हुने सहभागिको जीज्ञासाको उत्तर दिनु भएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत हरिराम नागीलाले बोल्दै वितरण मुखि कार्यक्रम धेरै भएका छन् अनुगमन र यसको प्रभाबकारिताका बारेमा सोच्ने वेला भएको वताउनु भएको छ । कार्यक्रम गरिसकेपछि मानव विकास सुचकाङकमा कति प्रभाव पार्याे दिगो विकास लक्ष्यमा कस्तो प्रगति भयो समिक्षा गर्दै कार्यक्रम गर्न पर्ने भएको बताउनु भएको छ । सहकारिता सहअस्तित्व र सहभागितामा जोड दिदै कार्यक्रम गर्नू पर्नेमा जोड दिनु भएको छ । कार्यक्रममा विभिन्न व्यवस्थापन समिति र अनुगमन समिति प्रस्ताव र छनोट गरिएको छ । कार्यक्रममा वडाका वडाध्यक्षहरु सरोकारबाला कृषी पशुका कर्मचारीहरु र पत्रकारको उपस्थीति रहेकोे थियो । कार्यक्रमको अध्यक्षता नगरप्रमुख रमण वहादुर थापाले गर्नु भएको हो । कार्यक्रम सन्चालन परियाेजनाका युवा संयाेजक सन्जु परियारले गर्नु भएकाे हाे ।

