
दानस मल्ल
पुर्बिपाल्पा र आसपासका बासिन्दाहरु बर्षा लागे सङ्गै यातायातको सुबिधा बाट बन्चित हुनु पर्ने अबस्था अझै सम्म पनि कायमै छ। हिउँदमा सररर गाडी चल्ने कालीगण्डकी करिडोरको सडक यति बेला पहिरोको कारणले अबरुद्द छ।
पैदल हिड्ने यात्रीहरु समेत पहिरोले पुरिहाल्छकी भन्दै मास्तिर हेरेर जोखिम पुर्बक यात्रा गर्नु पर्ने बाध्यता रहेको छ। असारको मसान्त भित्र पूरा गरिसक्नु पर्ने याेजनाका काम हरुका लागि रामपुर सम्म जानू पर्ने तर बाटो नहुदाले एकै छिनमा हुने कामको लागि तीन दिन लागेको स्थानियकाे गुनासाे छ ।
लालिगुराश प्रा बि निस्दी १ बाकामलाङ्ग का प्रधानाध्यापक मधुसुधन सोतिले दुखेसो पोख्नु भयो रामपुर व्यापारिक केन्द्र हाे यहाँ अाउन जान असहज हुदाँ समस्या भएकाे वताउनु हुन्छ । रामपुर नगरपालिका वार्ड नम्बर १ को कासिबन क्षेत्र,स्याउलिबजार देखि साखर्दी खोला क्षेत्र को ठाँउठाउँमा पहिरो खस्नाले एक हप्ता अगाडिदेखि बाटो अबरुद्द भएको हो।
यति बेला त्यति ठूलो पानी परेको छैन तर पनि बाटो खुलाउने पहल कहि कतै बाट नहुदा आवत जावत गर्न कठिन भएको कुरा घिरिङ्ग १ पुट्टारका ज्याम बहादुर बि क ले बताउनु भएको छ। रामपुर देखि पुर्ब तर्फ नवलपुर को बौदिकाली,पाल्पाको निस्दी,तनहुँ को घिरिङ्ग लगायत का क्षेत्रमा यति बेला यातायातको साधन थप्प भएको र पैदल समेत हिडनका लागि जोखिम भएको अबस्था छ।
रामपुर एक गण्डकी वेशीकाे व्यापारीक केन्द्र हाे । यस अासपासका जनता स्वास्थ्य शिक्षाका , व्यापार व्यावसायीका लागि यहाँ अाउने गर्दछन् । अहिले रामपुर वडा न १ का तल्लाे भेगका जनता र निस्दी बाकामलाङका जनता साथै रकुवा नवलपरासिका जनता बिरामी परे अाउने वाटाे नहुदाँ समस्यामा परेका छन् ।
पस्चिम नवलपरासिका केहि भेग , निस्दीकाे बाकामलाङ, तनहुँकाे पस्चिम भेग र स्याङ्जाका पुर्वी भेगका जनता स्वास्थ्य सेवा लिन रामपुर अाउने गर्दछन् । तर अहिले बाटाेकाे समस्याका कारण निकै कठिन भएकाे स्थानिय वताउछन् । यस्ता मुख्य वाटाेहरूमा सम्वन्धित निकायकाे ध्यान जान सके जनतामा सरकारकाे अावस हुने थियाे ।