
तानसेन, पाल्पामा निषेधाज्ञा खुकुलो बनाउँदै साउन १० गतेसम्म थपिएको छ । बिहिबार बसेकाे जिल्ला काेभिड व्यवस्थापन समितिकाे बैठकले यस अघिको निर्णयलाई यथावत राख्दै अत्यावश्यक पसलहरु भने बिहान ७ देखि दिउँसो ५ बजे सम्म संचालन हुन पाउने निर्णय गरेकाे छ ।
बैठकले सार्वजनिक यातायात संचालनमा जाेरबिजाेर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेकाे छ । सार्वजनिका यातायात भने छाेटाे दूरीमा जिल्ला भित्रमात्र सञ्चालन हुनेछन् । भिडभाड हुने सभा सम्मेलन, ब्यूटिपार्लर, बैठक, भाजे भतेर, शैलुन लगाएतका क्षेत्र संचालन हुन पाउने छैनन्