रामपुरमा २५ जनाको परिक्षण गर्दा १३ जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ

दानस मल्ल   ३१ असार २०७८, बिहीबार १८:५०

रामपुर, ३१ असार रामपुर नगरपालिका वडा न १ साखर्दी पाल्पामा आज भएको एन्टिजेन परिक्षणमा १३ जनाको रिपोर्ट पोजेटिभ आएको छ। ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्ने जस्ता लक्षण देखिए पछि गाडाकोट स्वास्थ्य चौकिको एक टोलि गएर परिक्षण गर्दा यस्तो देखिएको हो ।

गाउँका २५ जनाको परिक्षण गर्दा १३ जनाको रिपोर्ट पोजेटिभ आएको कुरा स्वास्थ्य चौकी प्रमुख मजिबुर रहमान सेखले जानकारी गराउनु भयो।वहाँ का अनुसार केही दिन अगाडि ९ जनाको परिक्षण गर्दा ४ जनाको रिपोर्ट पोजेटिभ आएको थियो। त्यसैले कोरोना भाइरस को सङ्क्रमण गाउँ गाउँमा फैलिरहेको छ। यसको लागि सबै जना सचेत हुनु पर्ने बताउनु भयो ।