
पाल्पामा स्मार्ट कृषी गाउँ कार्यक्रम सन्चालन भएको छ । विगत ३ बर्ष देखि पाल्पामा स्मार्ट कृषी गाउँ कार्यक्रम सन्चालनमा छ । कृषि ज्ञान केन्द्र,पाल्पा बाट ४ वटा स्मार्ट कृषि गाउँ कार्यक्रमहरु संचालित छन् । जस मध्ये यस वर्ष हुँगि स्मार्ट कृषि गाउँ कार्यक्रम रम्भा १ हुगीँ पाल्पा जिल्लाकै उत्कृष्ट स्मार्ट कृषि गाउँ कार्यक्रममा छनौट भएको छ । हुगीँ स्मार्ट कृषी गाउँ कार्यक्रमलाई सम्मान स्वरुप नगद हस्तान्तरण गरिएको छ ।
जिल्ला समन्वय समिति प्रमुख मिरा मरासिनिले एक कार्यक्रमका विच नगद रु २५ हजार हस्तान्तरण गर्नु भएको हो । हुगीँ स्मार्ट कृषी गाउँमा यस वर्ष उन्नत जातको धानको विउ उत्पादन भएको थियो भने प्रत्येकका घरमा टनेल करेसावारि देख्न सकिन्छ । यस स्मार्ट कृषिगाउँमा ८३ घर थुरिले ३८३ रोपनिमा काम गरिरहेका छन् । आधुनिक प्रबिधिमा रहेर कृषि गरे सगै स्थानिय खुसि भएका छन् ।
यस स्मार्ट कृषि गाउँ कार्यक्रमका अध्यक्ष केदार प्रसाद बस्यालका अनुसार २०७७।०७८मा ४६ बजेट अन्तरगत ज्ञान केन्द्र पाल्पाको १९ लाख र पालीकाको १५ लाख सहभागितामा ३४ बराबरको बजेट ल्याउन सफल भएको छ । रम्भा गाउँपालिकाका अध्यक्ष बिष्णु भण्डारीले पहाडि क्षेत्र कृषी क्षेत्रनै सबृद्धिको आधार भएको बताउनु भएको छ । र रम्भाले कृषी र कृषक मुखी कार्यक्रम ल्याएकाे जानकारी गराउनु भएकाे छ ।
ज्ञान केन्द्र पाल्पाका कार्यालय प्रमुख शिव अर्यालको अध्यक्षता भएको कार्यक्रममा अर्यालले कृषी र कृषक प्रति जसरि राज्यले लगानी गरेको छ त्यसरी काम गर्न आग्रह गर्नु भएको छ । उहाँले बोल्दै बिडम्बना लगानीको प्रतिफल सरकारले प्राप्त गर्न सकिरहेको पाईदैन । देशको आर्थिक विकास र समृद्धिको पहिलो आधार कृषिलाई परिभाषित गरेको लुम्बीनी प्रदेश सरकारले उत्पादन दोब्बर बनाउने लक्ष्यसहित ५२ वटा स्मार्ट कृषि गाउँमा लगानी गरीरहेको बताउनु भएको छ ।
कृषकलाई पानीको सुविधाका लागी च्याङ्लिङ फाट सिचाइ स्मार्ट सिर्चाइ अन्तरगत कुलो निर्माण, बजार स्मार्ट अन्तरगत कष्टमहायरिङ्ग सेन्टर लगाएतको काम गरेको छ । स्थानिय जनता कृषक सगँ प्रत्येक्ष सरोकार राख्ने कार्यक्रम अन्तरगत यो कार्यक्रम परेको स्थानिय वताउछन् । बेमैसमी तरकारी लगाउन हाईटेकले सहज बनाएको र समयको वचत सगैँ वढि आम्दानी कम खर्च लाग्ने हुगिँ स्मार्ट कृषी गाउँका सचिव अचुत पन्त बताउनुहुन्छ । स्मार्ट कृषि गाउँको अवधारणा ल्याय सगैँ हामी परम्परा गत कृषि गरि दुख पाएकाहरु सहज महसुस गरेका छौ उहाँले भन्नु भयो , “हिजो खेति गर्दा धेरै समय लाग्ने,कम उत्पादन हुने समस्याका कारण बाझो राख्न सुरु भएको खेत बारि अहिले स्मार्ट कृषि गाउँ बनाउने प्रदेश सरकारको अनुदान सहयोग सगँै कृषि प्रति सुचि बढेको छ ।”
स्मार्ट कृषि गाउँ हुगिका कृषकहरू उत्साहित हुदै अहिले कृषिमा केहि आधुनिकीकरण र प्रविधि बाट कृषी गर्न प्रदेश सरकारको जोड सगँै अहिले काममा सहज र सुलभ हुन थालेको बताउछन् । त्यस्तै गरि महिला कृषक जमुना सापकोटाका अनुसार पानि लगाउन कुलो को कारण समस्या हुने र पानि कै कारण साथमा बजारिकरणको समस्याका कारण खेति गर्न युवाहरु आकषीत नभएका हुन् । तर अव सरकारले ल्याएको स्मार्ट कृषिले सवैमा सकारात्मकतामा जोड दिएको आभाष भएको बताउनु हुन्छ ।
विश्व अर्थतन्त्रलाई नियाल्दा नेपाललाइ कृषि प्रधान देशको रुपमा परिचीत गराएको पाईन्छ । तर त्यो परिचयले सार्थकता नपाएको अवस्था विद्यमान छ । शहर केन्द्रित बसोबास, रोजगारको शिलशिलामा बिदेशिने नेपाली युवा जनशक्ति, बढ्दो बेरोजगारी यसका ज्वलन्त उदाहरणको रुपमा देख्न सकिन्छ । देशमा लोकतन्त्र, गणतन्त्र प्राप्ती संगै विद्यमान संघीय सरकारले देशको अर्थतन्त्रलाई मजबुत गराउन कृषि तथा पशुजन्य उत्पादनलाई वृद्धि गर्नु पर्नेमा दुईमत नरहेको बताउदै आएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लुम्बीनी प्रदेशले लागुको गरेको स्मार्ट कृषि गाउँ कार्यक्रम ५२ स्थानमा सुरु गरेको छ । जसमा पाल्पा जिल्लामा चार ठाउँमा सुरु भएको छ । पाल्पाको क्षेत्र न १ रामपुर नगरपालिका वडा न १० मा बराहदेवी स्मार्ट कृषि गाउँ कार्यक्रम, तिनाऊ गाउँपालिका वडा नं २ को झ्याङ्लाफाँट, रम्भा गाउँपालिका १ हुँगी, तानसेन नगरपालिका १४ को अर्गलीमा संचालन भैरहेका छन् ।
सरकारले कृषि क्षेत्रमा युवा जनशक्तिलाई प्रेरित गर्ने प्रभावकारी कार्यक्रमसमेत अगाडि सारेको छ । हालको निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक तथा उत्पादनमूलक कृषिमा रुपान्तरण गर्न प्रदेश सरकारले महत्वाकांक्षी कृषि कार्यक्रमहरु तर्जुमा गरेको छ । कृषि क्षेत्रलाई व्यावसायीकरण, आधुनिकीकरण र यान्त्रीकिरणमा जोड दिने सरकारको नीति अनुरुप बजेटमा कृषि क्षेत्रका लागि अधिकाँशः अनुदानमा आधारित कार्यक्रम अगाडि सारिएका छन् । यसै अन्तरगत रहेर सबै गाउँमा पकेट क्षेत्र स्थापना गर्र्दै आधुनिक कृषि प्रणालीमा जोड दिएको पाईन्छ । गरिबी निवारणमा सहयोग पुर्याउन पशुपालन मार्फत पनि सिमान्तकृत, विपन्न, महिला, मुक्त कमैया, कमलरीहरुलाई सामूहिक पशुपालनका लागि आवश्यक सहयोग पुर्याउन बजेट विनियोजन भएको छ ।



