निस्दीमा भर्र्याङ्बाट लडेर एक महिलाको मृत्यु

बोली खवर   २ श्रावण २०७८, शनिबार १६:३७

निस्दी, साउन २ पाल्पा – निस्दी गाउँपालिका वडा नम्बर – ४ , मित्यालमा एक महिलाको भर्याङबाट लडेर मृत्यु भएको छ। मित्यालको , छापडाँडा बस्ने ५१ वर्षीय दिल कुमारी सुनारीको आफ्नै घरको भर्याङबाट लडेर मृत्यु भएको रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालका प्रमुख डेढ बहादुर थापाले बताउनुभयो। मृतकको लास पोष्टमर्टमको लागि रामपुर अस्पताल लागेको प्रहरीले जनाएको छ।