
निस्दी गाउँपालिका मित्यालका हस्त बहादुर खाम्चालाई पुनः आर्थिक सहयोग प्राप्त भएको छ। धन कमाउनको लागि विदेश पस्नुभएको निस्दीका खाम्चा पूर्ण अशक्त भएर फर्कनुभयो भन्ने समाचारको प्रभावबाट खाम्चालाई विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटदै आएको छ।
विदेशमा गई अशक्त भएर फर्कनुभएका खाम्चालाई निस्दी – ४ , मित्याल , भोर्मा स्थायी निवासी रुक बहादुर सिंजाली मगरले हाल साउदी अरेबियाबाट ५ हजार रुपैयाँ पठाउनुभएको हो । सहयोग रकम आफुले कमाएको पैसाबाट बचाएर खाम्चाको परिवारलाई थोरै राहत मिलोस भनेर पठाएको सिंजालीले बताउनुभयो ।
रकम पाएपछि खाम्चाले खुसी व्यक्त गर्नुहुँदै सहयोग गर्नुहुने सिंजालीलाई।धन्यवाद प्रकट गर्नुभएको छ। यस अगाडि खाम्चालाई विभिन्न व्यक्ति र समुहले पनि रकम सहयोग गरेका थिए । हालसम्म खाम्चालाई ७६ हजार २ सय ६९ रुपैयाँ सहयोग प्राप्त भएको छ। खाम्चा केही वर्ष अगाडि साउदी अरेबियाबाट पूर्ण अशक्त भएर घर फर्कनु भएको थियोे ।