
पाल्पा ।
पाल्पा क्षेत्र नंं। २ का संघीय सांसद एवं पूर्व मन्त्री सोमप्रसाद पाण्डेयले दशैं खर्चवापत पाएको भत्ता आफूले पाल्पा जिल्ला कोभिड कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।
उनले आफूलाई यसवर्ष प्राप्त हुने दशैं खर्च पाल्पामा सञ्चालन भइरहेको पीसीआर लगायत अन्य कोभिड १९ सँग सम्बन्धित काममा खर्च गर्ने गरी ‘पाल्पा जिल्ला कोभिड कोष’मा पठाइदिने व्यवस्था मिलाउन संसद सचिवालयको लेखा शाखालाई अनुरोध गरेको जानकारी दिए ।
उनले संघीय संसद सचिवालयले अन्य सेवा सुविधासँगै दशैं खर्च वैंक खातामा जम्मा गरेको मिडियामा आएपछि मात्र जानकारी पाएको बताए । सांसद् पाण्डेयको पहलमा जिल्लामा कोभिड १९ परीक्षण प्रयोगशाला संचालनमा छ ।