रामपुर नगरपालिकालाई पाल्पाली समाज यु ए इ मा आवद्ध युवाहरूको पहलमा स्वास्थ सामाग्री प्रदान

बोली खबर   २ श्रावण २०७८, शनिबार १८:४०

सन्जु देवि परियार

पाल्पाको रामपुर नगरपालिका लाई पाल्पाली समाज यु ए इ मा आवद्ध युवाहरूको पहलमा स्वास्थ सामाग्री प्रदान गरिएको छ।


बिस्वब्यापी रुपमा फैलिएको कोभिड १९ को असर बाट देश नै प्रभावित भइरहेको बेला बिदेशमा आफ्नो पसिना बगाइ कमाएको केही रकम हरु संकलन गरि पाल्पाली समाज यु . ए .इ . को २ लाख ४० हजार बराबरको सहयोगमा ५/५ लिटरका ४ थान अक्सिजन कन्सन्टेर्टर स्वास्थ सामाग्री आज एक कार्यक्रमका बीचमा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापालाइ हस्तान्तरण गरिएको हो।


पाल्पाली समाज यु ए इ का कार्यबाहक अध्यक्ष ओमकुमारी खाँणको बिशेष पहलमा पाल्पाली समाज यु ए इ सदस्य पाल्पाली कान्छाको सहभागितामा उक्त स्वास्थ्य सामाग्री रामपुर नगरपालिका लाई बुझाइएको हो।


बिदेशमा रहेर पनि स्वदेशको पिडालाइ सम्झेर आर्थिक रकम संकलन गरि रामपुर नगरपालिकामा कोरोनाको जोखिममा न्यूनीकरण होस भन्ने उध्देस्यले स्वास्थ्य सामाग्री सहयोग गरेकोमा पाल्पाली समाज यु ए इ लाई रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा, रामपुर नगरपालिका स्वास्थ शाखा प्रमुख गिरिराज घिमिरे , रामपुर नगरपालिकाका प्रबक्ता एवं वडा न ६ का वडाअध्यक्ष हुमनाथ न्यौपाने र रामपुर नगरपालिका वडा न ५ का वडाअध्यक्ष हिमाल मल्लले आ- आफ्ना भनाइ सहित धन्यवाद ज्ञापन गर्नुभएको थियो भने उक्त कार्यक्रमको सन्चालन सीता डोटेलले गर्नुभएको हो।