सर्जक हुम गैरे तथा गायिका कमला बि.सी.को तिज सार्वजनिक

बोलीखबर   ५ श्रावण २०७८, मंगलवार ११:१९

सर्जक हुम गैरेको शब्द,लयमा गायिका कमला बि.सी.को बिरहको तिज सार्वजनिक भएको छ । साउन लागे संगै तिजका गीतहरु बजारमा आउने क्रम बढेको छ ।

बिशाल मुभिज प्रा.लि.मार्फत यतिबेला गायिका कमला बि.शी.को (तिज गीती कथा २०७८) बिरहको तिज बजारमा सार्बजनिक भएको हाे । गायक तथा सर्जक हुम गैरेको लय तथा शब्द संकलन रहेको गीतमा बरिष्ठ गायक ईन्द्र जि.सी., गायिका सिता केसी., हुम गैरे, कमला बि.शी र धिरज खत्रीको सुमधुर स्वर रहेको छ ।

गायक, सर्जक गैरेकै निर्देशन तथा सम्पादन रहेको गितमा चर्चित मोडल प्रेम खड्का, धिरज खत्री, रमा ठकुरी, मधु रसाईली, अनिल भण्डारी, रामचन्द्र भण्डारी लगायतको जिबन्त अभिनय रहेको छ । बजारमा आएको छोटो समयमै युटुब तथा टिक टकमा धेरैको मन जितेको तिज गीत बिरहको तिजले समाजको बास्तबिक यथार्थलाई चित्रण गरेको कुरा गीतका सर्जक गैरे बताउँछन् । चेली र माईती बिचको कारुणीक ब्यथालाई सुमधुर लयमा शब्द मार्फत उतारीयको गायिका कमला बि.शी.को यथार्थपरक तिज गीति कथा बिरहको तिजलाई सफल्ताको शुभकामना ।

भिडियाे यहाँ हेर्नुहाेला   बिरहकाे तिज