निस्दीका सामुदायिक वनले २० हजार बढी बिरुवा रोपे

बाेलीखवर   ६ श्रावण २०७८, बुधबार १७:३३

साउन ६ पाल्पा – निस्दी गाउँपालिका , पाल्पाका विभिन्न सामुदायिक वनले २० हजारभन्दा धेरै बिरुवा रोपेका छन । डिभिजन वन कार्यालय पाल्पाको सहयोग तथा निस्दी सव डिभिजन वन कार्यालय मित्यालको समन्वय र स्थानीय उपभोक्तको सहभागितामा बिरुवा रोपेको हो।

यस सिजनमा मात्रै निस्दीका ४ वटा सामुदायिक वनको १२ हेक्टर क्षेत्रफलमा २० हजारभन्दा बढी बिरुवा रोपेको निस्दी सव डिभिजन वन कार्यालय मित्यालका प्रमुख नन्द प्रसाद अधिकारीले बताउनुभयो । सामुदायिक वनको खाली क्षेत्रमा लगाएको बिरुवामा विशेषगरी दालचीनी र चिउरीको प्रजाति रहेको अधिकारीले बताउनुभयो ।

स्थानीय उपभोक्तको माग अनुसार यो सिजनमा थुम्काडाँडा सामुदायिक वन , दरुवा चौर सामुदायिक वन , देवीथुम्का सामुदायिक वकन र भोटेगौरी सामुदायिक वनको क्षेत्रमा बिरुवा रोपीएको हो। यससँगै विभिन्न सरकारी कार्यालयको परिसार , सार्वजनिक क्षेत्र र निजी वन क्षेत्रमा समेत बिरुवा रोपेको छ ।