पाल्पामा एक जना कोरोना संक्रमणका बृद्धको निधन

बन्दना पाेखरेल   ५ कार्तिक २०७७, बुधबार १६:३५

पाल्पा ।

पाल्पामा एक जना कोरोना संक्रमणका कारण १ बृद्धको निधन भएको छ । बगनासकाली गाउँपालिका वडा नं. ७ का ७८ बर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचारको क्रममा बुधवार निधन भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए ।

उनमा कार्तिक १ गते कोरोना पोजेटिभ देखिएको थियो । बुधबारमात्र पाल्पामा थप २७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बुधबार थपिएक संक्रमितहरुमा तानसेन नगरपालिका तथा अस्पतालहरुका १७ जना, पूर्वखोला गाउँपालिकाका १ जना, रिब्दीकोट गाउँपालिकाका २ जना, बगनासकाली गाउँपालिकाका २ जना र माथागढी गाउँपालिकाका ५ जना गरी २७ जनामा रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।