रम्भाको अगाहाखोलामा ट्रक दुर्घटना

बोली खबर   १२ श्रावण २०७८, मंगलवार ११:२७

पाल्पा, सिद्धार्थ राजमार्ग अन्तर्गत राम्दी आर्यभञ्ज्याङ्ग सडक खण्डको अगाहाखोलामा मंगलबार विहान ट्रक दुर्घटना भएको छ । बुटवल बाट स्याङ्जा तर्फ जाँदै गरेको ना २ ख ८३९० नम्बरको ट्रक विपरित दिशा बाट गैरहेको ग २ च २०९४ नम्बरको जिप संग ठोक्किएर सडक बाट खसेको हो ।सडक बाट झण्डै डेढ सय मिटर तल खस्दा ट्रकमा सवार ४ जना घाइते भएको प्रहरी चौकी राम्दीले जनाएको छ । राम्दी प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक धर्म बहादुर घर्तीका अनुसार घाइतेहरुलाई उपचारको लागि तानसेन पठाईएको छ । मालबाहक ट्रकले जिपलाई ठक्कर दिदा जिपमा सामान्य क्षति पुगेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।