पाल्पामा कोरोना संक्रमित थप एक जनाकाे मृत्यु

बाेलीखबर   ५ कार्तिक २०७७, बुधबार १६:५९

पाल्पा ५ कार्तिक २०७७, पाल्पामा कोरोना संक्रमीत एक बृद्धको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा ज्यान गएको छ ।
बगनासकाली गाँउपालिका वडा नं. ७ का ७८ बर्षिय बृद्धको  बुधबार ज्यान गएको हो ।

यस संगै पाल्पामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । यस्तै बुधबार पाल्पामा २७ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये तानसेन नगरपालिका र विभिन्न अस्पतालका १७ जना, माथागढि गाँउपालिकाका ५ जना , रिब्दीकोट गाँउपालिकाका २ जना,  बगनासकाली गाँउपालिकाका २ जना र पूर्वखोलाका १ गरी २७ जनाममा कोरोना संक्रमण देखिएको हो ।