
रामपुर, हेफर इन्टरनेशनल नेपालको आयोजनामा भएको कार्यक्रम मा हेफरले देश भरिका २८ वटा सहकारीलाइ कृषि एम्बुलेन्स बितरण गरेको हो । जस मध्य पाल्पाका तिन सहकारीले प्राप्त गरेका छन । उपाहार सामाजिक महिला उद्यमि सहकारि रम्भा २ फोक्सिन्कोट , मिलन सार सामाजिक उद्यमि तानसेन नगरपालिका बौघगुम्बाले र निस्दी ५ गल्धा सामाजिक महिला उद्यमी सहकारी रहेका छन ।
लुम्बिनी प्रदेशका मुख्य मन्त्रि शंकर पोखरेलले एक कार्यक्रमा विच कृषी एम्वुलेन्स हस्तान्तरण गर्नु भएको हो । सहकारीका अध्यक्षहरू कृषी एम्बुलेन्सको चावि बुझ्नु भएको हो । प्रदेशका मुख्य मन्त्रि पोखरेलले चावि हस्तान्तरण गर्दै अझ सहकारीको प्रगतिको कामना गर्नु भएको छ । हाम्रो देश कृषी र पशुमा आत्म निर्भर हुन सके राज्यले लिएको सुखि नेपाली सबृद्ध नेपालको चाहाना पुरा हुने बताउनु भएको छ ।
निस्दी गाउँपालिका पाल्पामा रहेको गल्था सामाजीक महिला उद्यमी सहकारीलाई कृषी एम्वुलेन्स प्राप्त भएको छ । गल्धा सामाजिक महिला उद्ममी सहकारीका अध्यक्ष तिरण कुमारी श्रेष्ठले अाफनै सहकारीकाे कृषि एम्बुलेन्सकाे चावी बुझनु भएकाे छ । विसं २०७३ मा गल्धा सामाजिक महिला सहकारी गठन भएपछि गाउँभरी नै बाख्रापालन गर्ने महिलाको लहर छायो । विसं २०७१ मा हेफर इन्टरनेशनल नेपालले गाउँका महिलालाई बाख्रापालनमा लगानी गरिदिएपछि बाख्रापालनमा महिलाहरु लागेका हुन् । कृषी एम्बुलेन्सले खास गरि बाख्रा, कुखुरा गेडागुडि तरकारी लगाएत आवश्यकता अनुसार खाद्यान्न ढुवानि गर्ने अध्यक्ष तिरण कुमारी श्रेष्ठले बताउनु भएको छ ।
कृषी एम्बुलेन्स खरिदका लागि हेफर इन्टरनेशनलको ५० प्रतिशत अनुदान सहयोग, गाउँपालीकाको ५ लाख अनुदान सहयोग र बाकि रकम सहकारीको लगानीमा २२लाख ४० हजारमा खरिद गरिएको हो । जुन एम्वुलेन्स माघमै ल्याईएपनि हस्तान्तरण भने अहिले गरिएको सहकारीका व्यवस्थापका दिलमाया रानाले जानकारी गराउनु भएको छ ।
यस सहकारीले ग्रामीण भेगका महिलालाई समेट्दै २८ वटा उपसमूह बनाएर व्यवसायमा सहयोग गरिरहेको छ । संस्थाले वार्षिक रु दुई करोड ५१ लाख बराबरको कारोबार गर्दै आइरहेको छ । बाख्रापालनमा महिलालाई उत्साहित बनाउँदै गाउँ गाउँमै पुगेर खसी बोका खरिद गरी बजार पठाउने गरेपछि उनीहरु बख्रापालनमा आकर्षित हुँदै गएका हुन् । सहकारीमा हाल पाँच सय १८ सेयर सदस्यमध्ये चार सय ६९ सदस्य बाख्रापालनमा आश्रित छन् । सहकारीले अधुवा प्रशाधन केन्द्र निर्माण गरि काम समेत गर्दै आइरहेको छ ।